कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु

काठमाडौँ — पाकिस्तानको हाफिजावाद जिल्लास्थित पिण्डी भट्टियान नजिकै राजमार्गमा डिजेल ढुवानी गरिरहेको पिकअप ट्रकसँग यात्रुवाहक बस ठोक्किएर आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । 

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु

जिल्ला प्रहरी अधिकृत फहाद अहमदका अनुसार यात्रुवाहक बस कराचीबाट इस्लामाबादतर्फ जाँदै गर्दा आइतबार अपराह्न ४:३० मा दुर्घटनामा परेको थियो । दुर्घटनामा दुवै सवारीसाधनका चालकको मृत्यु भएको प्रहरीको हवाला दिँदै पाकिस्तानी सञ्चारमाध्यम डनन्युजले जनाएको छ ।

साथै दुर्घटनामा केही यात्रु घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि फैसलावादस्थित अस्पतालमा लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनास्थलबाट १५ यात्रुलाई भने सकुशल उद्धार गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा बस चालकको लापर्वाहीका कारण दुर्घटना भएको बुझिएको छ । साथै घटनाबारे छानबिन गर्न २४ घण्टाभित्र प्रतिवेदन बुझाउने गरी एक समिति पनि बनाइएको छ ।

प्रकाशित : भाद्र ३, २०८० १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?