२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

अस्ट्रेलियामा विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु, १५ घाइते

काठमाडौँ — अस्ट्रेलियाको न्यु साउथ वेल्सको हन्टर भ्यालीस्थित विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । साथै १५ जना यात्रु घाइते भएका छन् ।

अस्ट्रेलियामा विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु, १५ घाइते

विवाह समारोह सम्पन्न गरी फर्कने क्रममा स्थानीय समय अनुसार आइतबार राति साढे ११ बजे ग्रेटा सहर नजिकै बस दुर्घटना भएको बताइएको छ । दुर्घटनापछि बसका ५८ वर्षीय चालकलाई पक्राउ गरेको छ ।

तर दुर्घटनामा मृत्यु हुनेहरू सबैको पहिचान भइसकेको छैन । बीबीसीको समाचार अनुसार नवदम्पत्ति भने बसमा थिएनन् । प्रहरी नियन्त्रणमा रहेका बस चालकलाई खतरनाक दुर्घटना गराएको भन्दै मंगलबार अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ ।

यसैबीच दुर्घटनास्थल र आसपासका क्षेत्रमा दुर्घटनाको समयमा बाक्लो हुस्सु रहेको थियो । अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानेसले भने यस घटनालाई 'क्रुर, दुखद् र अन्यायपूर्ण' भएको टिप्पणी गरेका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार विवाहमा निम्तालुहरूका लागि उक्त बस भाडामा लिइएको थियो । दुर्घटनाका केही घाइतेहरूलाई जोन हन्टर अस्पतालमा र धेरैजसोलाई सिड्नी लगिएको छ ।

न्यु साउथ वेल्सको हन्टर उपत्याका विभिन्न फलफूलबाट बनाइने वाइनका लागि प्रख्यात छ । जहाँ वाइन पारखीहरू वाइन पिउन तथा रमाइलो गर्न जाने गर्छन् ।

प्रकाशित : जेष्ठ २९, २०८० २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?