कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी

काठमाडौँ — उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रतर्फ दुई मध्यम दूरीका ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताइएको छ । दक्षिण कोरिया र जापानका अधिकारीहरूले यस्तो बताएका हुन् ।

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

दक्षिण कोरियाका उच्च सुरक्षा अधिकारीले उत्तर कोरियाको टोङ्चाङ-री क्षेत्रबाट आइतबार बिहान करिब ५० मिनेटको दूरीमा उक्त ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको दाबी गरेका हुन् । यद्यपि यसबारे विस्तृत विवरण दक्षिण कोरियाली पक्षबाट पनि सार्वजनिक भएको छैन ।

यस्तै जापानी रक्षामन्त्रीले उक्त मिसाइल ५५० किमी उचाइमा उड्दै २५० किमीको दूरी ओगटेको बताएका छन् । जापानका सहायक रक्षामन्त्री तोसिरो इनोले देशको विशेष आर्थिक क्षेत्र बाहिर मिसाइल अवतरण भएको देखिएको बताए । त्यहाँ कुनै क्षतिको विवरण भने आएको छैन ।

उत्तर कोरियाले इन्धन मोटर परीक्षण गरेको जनाएको तीन दिनमै ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । यसपटक मिसाइल इन्जिनको परीक्षण उत्तर कोरियाली नेता किम जोङ उनले निरीक्षण गरेको पनि बताइएको थियो । पछिल्लो समय उत्तर कोरियाले शक्तिशाली मिसाइल परीक्षणलाई तीव्र बनाएको छ ।

उत्तर कोरियाले बारम्बार मिसाइल परीक्षण गर्दै अमेरिकालाई धम्की दिने गरेको छ । अमेरिकाले भने उत्तर कोरियाको यस्तो गतिविधि रोक्न चेतावनी दिने गरेको छ ।

प्रकाशित : पुस ३, २०७९ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?