कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यामरुनको पहिरोमा परी १४ को मृत्यु, केही हराए

रासस, सिन्ह्वा

याओन्दे — क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर कम्तीम पनि १४ जनाको ज्यान गएको बताइएको छ ।

क्यामरुनको पहिरोमा परी १४ को मृत्यु, केही हराए

सोमबार यहाँको प्रहरीले दिएको जानकारीअनुसार पहिरोमा परेर यहाँका १४ जनाको ज्यान गएको छ भने अरु केही हराइरहेका छन् ।

यहाँ पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए ।

त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु केही भाग्न सफल भएका थिए । त्यसमा परेर केही व्यक्ति हराएका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको बताइएको छ ।

प्रकाशित : मंसिर १२, २०७९ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?