कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्डोनेसियामा भूकम्प जाँदा ५० को मृत्यु, ७ सय घाइते

एजेन्सी

काठमाडौँ — इन्डोनेसियाको जाभा टापुमा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अरु सयौं घाइते भएको बताइएको छ । भूकम्पको धक्काले थुप्रै भौतिक संरचना भत्किएका छन् ।

इन्डोनेसियामा भूकम्प जाँदा ५० को मृत्यु, ७ सय घाइते

अस्पतालसहित इस्लामिक स्कुल र अन्य सरकारी भवन पनि भूकम्पको क्रममा भत्किएका छन् । रोयटर्सका अनुसार कम्तीमा ३ सय भवन भत्किएका छन् ।

पश्चिम जाभा प्रान्तको सियान्जुर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको उक्त भूकम्प १० किलोमिटरको गहिराइमा गएको हो ।

स्थानीय मिडियाका अनुसार कतिपय भौतिक संरचना भत्किँदा मानिसहरू पुरिएर थुनिएका छन् । साथै ७ सय मानिस घाइते भएको बताइएको छ ।

प्रकाशित : मंसिर ५, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?