कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत जी-२० को अध्यक्ष

नयाँदिल्ली — भारतले आगामी एक वर्षका लागि जी–२० को अध्यक्षता पाएको छ । इन्डोनेसियामा सम्पन्न जी–२० समूहका नेताहरूको शिखर सम्मेलनको समापन समारोहमा भारतलाई अध्यक्षता सुम्पिइएको हो । 

भारत जी-२० को अध्यक्ष

भारतले अब डिसेम्बर १ देखि एक वर्षका लागि विश्वका शक्तिशाली देशहरूको संगठनको अध्यक्षता गर्नेछ । त्यसपछि जी–२० सँग जोडिएका विभिन्न तहका बैठकहरू भारतमा नै आयोजना हुनेछन् । एक वर्षपछि नयाँदिल्लीमा विश्वका शक्तिशाली राष्ट्रका नेताहरूको उपस्थितिमा शिखर सम्मेलन आयोजनाको तयारी छ ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अध्यक्षता जिम्मेवारी लगाएका हुन् । एक वर्षपछि भारतले ब्राजिललाई अध्यक्षताको जिम्मेवारी बुझाउनेछ । आर्थिक रूपले विकसित र विकासशील २० देश यसका सदस्य छन् । युरोपेली संघसहित अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, साउथ कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, ब्रिटेन र अमेरिका सदस्य राष्ट्र हुन् ।

वैश्विक रूपमा ८५ प्रतिशत जीडीपीमाथि यी देशको पकड छ । त्यस्तै, ७५ प्रतिशत व्यापार पनि जी–२० मा आबद्ध देशहरूको छ । साथै विश्वको दुई तिहाइ जनसंख्या पनि यिनै देशमा छ । जी–२० मुख्य रूपमा आर्थिक सहयोग र त्यसैमा केन्द्रित मञ्च हो ।

प्रकाशित : मंसिर १, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?