कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुटानमा १८ वर्ष पुगेका युवालाई ३ महिने सैनिक तालिम अनिवार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — भुटानले १८ वर्ष उमेर पुगेका नागरिकलाई अनिवार्य आधारभूत सैनिक तालिम दिने भएको छ । भुटानको दुवै सदनले राष्ट्रिय सेवा (ग्याल्सुङ) सम्बन्धी ऐनलाई सर्वसम्मत रुपमा पारित गरेसँगै १८ वर्ष उमेर पुगेका वा १२ कक्षा अध्ययन पूरा गरेका नागरिकले ३ महिने तालिम लिनुपर्ने भएको हो ।

भुटानमा १८ वर्ष पुगेका युवालाई ३ महिने सैनिक तालिम अनिवार्य

आधारभूत सैनिक तालिमपछि घर निर्माण प्रविधि, कम्प्युटिङ र कृषिमा सीप विकास गर्ने उद्यमको विषयमा तालिम दिइने ग्याल्सुङको वेबसाइटमा लेखिएको छ ।

भुटानी राजा जिग्मे खेशर वाङचुकले २०१९ डिसेम्ब १७ मा एक वर्षे राष्ट्रिय सेवाको घोषणा गरेका थिए । 'ग्यल्सुङको उद्देश्य युवालाई सशक्त, स्वतन्त्र चिन्तक र देशका लागि सेवाको क्षमताका लागि विकासका लागि दिशानिर्देश तथा प्रेरित गर्ने रहेको छ' कार्यक्रममा भनिएको छ । कार्यक्रमले भुटानी युवाहरूको आर्थिक तथा क्षेत्रीय पृष्ठभूमिलाई वास्ता नगरी भुटानका सबैलाई एकै स्थानमा ल्याउने र अनुभव आदानप्रदान गराउने एउटा अनुष्ठानको रुपमा रहने सो कार्यक्रमले जनाएको छ ।

२०२४ देखि सुरु हुने कार्यक्रममा प्रत्येक वर्ष करिब १३ हजारले तालिम राष्ट्रिय सेवामा सहभागी हुने अनुमान भुटानी अधिकारीहरूले गरेका छन् । सुरुवातमा यसै वर्षबाट तालिम दिने योजना भए पनि कोभिड १९ को कारण पछि धकेलिएको भुटानी सञ्चार मध्यमहरूले जनाएका छन् ।

यस्तो तालिम भुटानको ५ स्थानमा एकै समयमा सञ्चालन हुने बताइएको छ । प्रत्येक सेन्टरमा करिब २६ सय तालिमे, ३ सय स्वयंसेवक र ३२ अधिकारी हुने रहने जनाएको छ ।

भुटानको सरकारी सञ्चार माध्यम कुन्सेलले शुक्रबार 'ग्युल्सङ कार्यक्रम र भुटानको भविष्य' नामको सम्पादकीय प्रकाशित गरेको छ ।

'ग्यल्सुङ वा राष्ट्रिय सेवा कार्यक्रम एउटा कानुन हो जसले हाम्रो युवाको क्षमता वृद्धि गर्ने, भुटानको सुरक्षा, सार्वभौमिकता र आर्थिक कल्याणलाई आकार दिने र सशक्त बनाउने छ, ' कुन्सेलले सम्पादकीय लेखिएको छ ।

प्रकाशित : कार्तिक २५, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?