तान्जानियामा विमान दुर्घटना

कान्तिपुर संवाददाता

काठमाडौँ — अफ्रिकी राष्ट्र तान्जानियामा यात्रुवाहक विमान दुर्घटना भएको छ । दार-एस-सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान स्थानीय समयअनुसार आइतबार बिहान भिक्टोरिया लेकमा दुर्घटनाग्रस्त भएको हो ।

तान्जानियामा विमान दुर्घटना

दुर्घटनाग्रस्त विमान प्रेसिएस एयर भएको बताइएको छ । अवतरणको समयमा विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

खराब मौसमका कारण विमान दुर्घटना भएको र उक्त दुर्घटनाबाट भएको क्षतिको यकिन विवरण अझैसम्म नआएको बताइएको छ । उद्धारकार्य जारी रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

विमानमा ३९ जना सवार थिए ।

प्रकाशित : कार्तिक २०, २०७९ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?