२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

सोमालियामा कार बम विस्फोट : कम्तीमा सय जनाको मृत्यु‚ ३ सय घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ ।  स्थानीय समयअनुसार शनिबार दिउँसो सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय अगाडि कार बम विस्फोट हुँदा १ सय जनाको मृत्यु भएको र ३ सय जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

सोमालियामा कार बम विस्फोट : कम्तीमा सय जनाको मृत्यु‚ ३ सय घाइते

दुर्घटनास्थलको स्थलगत भ्रमणपछि सोमालियाका राष्ट्रपति हसन सेख मोहमदले विस्फोटमा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गरेका छन् । विस्फोटमा विद्यार्थी‚ व्यापारी‚ अभिभावक‚ बालबालिकासमेत परेको भन्दै राष्ट्रपति मोहमदले यसको जिम्मेवारी इस्लामिक समूह अल सबाबले लिनुपर्ने बताएका छन् । हालसम्म यो घटनाको जिम्मा कसैले नलिएको रोयटर्सले जनाएको छ ।

पहिलो विस्फोट शिक्षा मन्त्रालय अगाडि रहेको मोगादिसुको व्यस्त सडकमा भएको थियो भने उक्त विस्फोटमा परेकाहरूको उद्धारका लागि मानिसहरू जम्मा भएपछि दोस्रो विस्फोट भएको थियो । विस्फोटको कारण भने अझैसम्म खुलेको छैन । यसअघि सन् २०१७ अक्टुबरमा सोमालियाकै इतिहासको सबैभन्दा ठूलो बम विस्फोट पनि यही स्थान नजिकै भएको थियो । उक्त विस्फोटमा परी ५ सयभन्दा बढी नागरिकको ज्यान गएको थियो ।

राष्ट्रपति मोहमदले विस्फोटबाट घाइते भएकाहरूको स्वास्थ्योपचार तुरुन्तै गर्नका लागि निर्देशन दिएका छन् ।

प्रकाशित : कार्तिक १३, २०७९ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?