कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

तत्काल युक्रेन छाड्न सबै भारतीय नागरिकलाई दूतावासको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — किएभस्थित भारतीय दूतावासले युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको छ । मंगलबार किएभस्थित दूतावासले एक एडभाइजरी जारी गर्दै तत्काल भारतीय नागरिकलाई युक्रेन छाड्न आग्रह गरेको हो ।

तत्काल युक्रेन छाड्न सबै भारतीय नागरिकलाई दूतावासको आग्रह

रुस-युक्रेन द्वन्द्व चर्किँदै गर्दा भारतीय दूतावासले एडभाइजरी जारी गरेको हो । भारतीय दूतावासद्वारा जारी एडभाइजरीमा भनिएको छ, 'गत अगस्ट १९ मा जारी गरिएको एडभाइजरीपछि फेरि एकपटक सबै भारतीय नागरिकलाई युक्रेन छाड्न आग्रह गरिएको छ।'

भारतीय दूतावासले अघिल्लो एडभाइजरीपछि केहीले युक्रेन छाडिसकेको जानकारी दिएको छ । साथै युक्रेन छाड्नका लागि सीटमामा पुगेका भारतीय नागरिकलाई दूतावासको सम्पर्कमा आउन पनि आग्रह गरिएको छ ।

केही दिनअघि रुस र क्रिमिया जोड्ने महत्त्वपूर्ण पुलमा विस्फोट गराइएपछि युक्रेन-रुस द्वन्द्व झन चर्किएको छ । रुसले पछिल्ला दिनमा युक्रेनका कैयौँ सहरमा मिसाइल आक्रमण गर्दै आएको छ ।

प्रकाशित : कार्तिक ९, २०७९ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×