२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मलेसियामा संसद् विघटन

एजेन्सी

क्वालालम्पुर — मलेसियाली प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका हुन् । सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन् ।

मलेसियामा संसद् विघटन

देशका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन् । सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ ।

‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौं । जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ,’ सम्बोधनका क्रममा याकोबले भनेका छन् । देशमा राजनीतिक स्थायित्व आवश्यक रहेको बताउँदै उनले सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाएका छन् ।

प्रकाशित : आश्विन २५, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?