कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

अर्थशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकी नागरिकलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — रोयल स्विडेस एकेडेमी अफ साइन्सेसले बैंक तथा वित्तीय संकटबारे अध्ययन गरेका तीन जना अर्थशास्त्रीहरूलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरेको छ । बेन बेर्नान्के, डग्लस डब्लु डाइमन्ड र फिलिप्स एच डिब्भिगलाई प्रदान गरिएको रोयल स्विडेस एकाडेमी अफ साइन्सेसले जनाएको छ । 

अर्थशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकी नागरिकलाई

उनीहरूले १९८० को दशकको सुरुदेखि नै संकटको समयमा बैंकहरूलाई कसरी कम जोखिमयुक्त बनाउने, बैंक विघटनले वित्तीय संकटलाई कसरी बढावा दिन्छ भन्ने विषयमा अनुसन्धान गर्दै आएका थिए । उनीहरूले वित्तीय बजारलाई अनुगमन र वित्तीय संकटलाई व्यवस्थापन गर्न भूमिका खेलेका थिए ।

नोबेल पुरस्कार प्राप्त गर्ने ३ जना अमेरिकी नागरिक हुन् । बेर्नान्के अमेरिकास्थित द ब्रुकिङ्स इन्स्टिच्युट, डाइमन्ड सिगाको विश्वविद्यालय र डिब्भिग वासिङ्गटन विश्वविद्यालयसँग सम्बन्धित छन् ।

प्रकाशित : आश्विन २४, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?