कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार स्वीडेनका सभान्तेलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार स्वीडेनको सभान्ते पाब्बोलाई दिने निर्णय भएको छ । उनले मानव विकासक्रमका सम्बन्धमा गरेको अध्ययनका आधारमा उनलाई नोबल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताइएको छ ।

चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार स्वीडेनका सभान्तेलाई

पुस्कार समितिले पाब्बोलाई विलुप्त भइसकेका नेदेरल्याण्डका पूर्वजहरुको जेनेटिक कोड पत्ता लगाएका कारण पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताएको छ । उनले यसअघि पनि पहिले कहिल्यै पत्ता नलागेका 'डेनिसोभन्स' पूर्वज पत्ता लगाएका थिए ।

उनको खोजले पृथ्वीमा मानव विकास कसरी भयो र फैलियो भन्ने सम्बन्धमा नयाँ जानकारी दिएको थियो ।

प्रकाशित : आश्विन १७, २०७९ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?