कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

ब्राजिलमा राष्ट्रपति चुनावको दोस्रो चरणमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

एजेन्सी

ब्राजिल — ब्राजिलमा पूर्वराष्ट्रपति लुईज इनासिओ लुला डा सिल्भा र वर्तमान राष्ट्रपति जायर बोल्सोनारोबीच दोस्रो चरणको चुनावमा प्रतिस्पर्धा हुने भएको छ । आइतबार भएको पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले जित्नका आवश्यक पर्ने ५० प्रतिशत मत कटाउन नसकेपछि शीर्ष स्थानमा रहेका दुई उम्मेदवार लुला र बोल्सोनारोबीच अक्टोबर ३० मा दोस्रो चरणको चुनाव हुन लागेको हो ।

ब्राजिलमा राष्ट्रपति चुनावको दोस्रो चरणमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

पूर्वराष्ट्रपति लुलाले करिब ४८ प्रतिशत मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति बोल्सोनारोले ४३ प्रतिशत मत प्राप्त गरेका छन् । सर्वेक्षणहरुले देखाएको भन्दा बोल्सोनारोले अन्तरलाई कम गरेका छन् । कतिपय सर्वेक्षणहरुले लुलाले पहिलो चरणमै चुनाव जित्ने प्रक्षेपण गरेका थिए ।

ब्राजिलमा पहिलो चरणमै चुनावी नतिजा छिनोफानो यसअघि २४ वर्ष पहिले मात्रै भएको थियो । निर्वाचनको परिणामपछि दुवैले आफ्नो जित भएको दाबी गरेका छन् ।

भ्रष्टाचारको अभियोगमा जेल परेको लुलाका लागि यो निर्वाचन परिणाम राजनीतिमा उल्लेखनीय पुरागमन हो । सर्वेक्षणहरुलाई गलत सावित गर्दै लुलासँगको मतान्तरलाई कम गर्नु बोल्सोनारोका लागि उत्साहित गर्ने विषय हो ।

राजनीतिमा एक अर्काको चीर प्रतिद्वन्द्वी एक वर्षदेखि चुनाव अभियानमा एक अर्कोलाई अपमान गर्दै आएका थिए । पहिलो चरणको चुनाव अन्तिम टेलिभिनज डिबेटमा बोल्सोनारोले भ्रष्टाचारमा जेल परेको विषयलाई उठाउँदै लुलालाई चोर भनेका थिए ।

त्यसको प्रतिउत्तरमा लुलाले बोल्सोनारोलाई पागल भनेका थिए । अदालतमा भ्रष्टाचारको मुद्दा खारेज गर्नुअघि लुलाले ५ सय ८० दिन जेलमा बिताएका थिए । राजनीतिकको तिक्तताको असर सडकमा पनि देखिएको थियो । एक अर्का समर्थकहरु गालीगलौचमा उत्रिएका थिए ।

दुवै उम्मेदवारहरु एक अर्कोको ठीकविपरीत धारणा राख्छन् । लुलाले अमोजन जंगललाई संरक्षण गर्न कदम चाल्ने बताएका छन् । जबकी बोल्सोनारो आर्थिक गतिविधि बढाउन उपयोग गर्नुपर्छ भन्ने पक्षमा छन् ।

बोल्सोनारोको कार्यकालमा बन फडानी र आगलागी निकै बढेको थियो । जलवायु अभियन्ताहरुले बोल्सोनारो पुन: निर्वाचित भए जंगल सखाप हुने बताउँदै आएका छन् । आलोचकहरुले सन् २००३ देखि २०१० मा लुलाको कार्यकालमा वातावरणकीय रेकर्ड पनि राम्रो नभएको बताउने गरेका छन् । तर बोल्सोनारोले भोटका लागि कृषिक्षेत्र र कृषि व्यापारलाई जोड दिनेका गरेकाले पर्यावरणीय पक्षमा हुनेहरुको प्राथमिकतामा लुला गर्ने गरेका छन् ।

ब्राजिलियाली मतदाताका लागि बढ्दो खाद्यान्न मूल्यजस्ता विषयमा प्रमुख चासोमा छ । खाद्यान्नको मूल्यवृद्धिले धेरै नागरिकलाई गरिबी र भोकमरीमा धकेलेको छ । मतदाताले शिक्षा र बढ्दो असमानतालाई पनि नयाँ राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

प्रकाशित : आश्विन १७, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?