१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

मोदी जापान प्रस्थान

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साँझ जापान प्रस्थान गरेका छन् । विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तिम यात्रामा सहभागी हुन मोदी जापान गएका हुन् । 

मोदी जापान प्रस्थान

गत ८ जुलाईमा जापानको नारा सहरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा सिन्जो आबेमाथि बन्दुकधारीले आक्रमण गर्दा उनको निधन भएको थियो । उनको हत्याको अढाइ महिनापछि सेप्टेम्बर २७ मा जापानको राजधानी टोकयोको किटानोमरु नेसनल गार्डेनमा हुँदै छ । विश्वका धेरै राष्ट्रबाट उनको अन्तिम संस्कारमा सहभागी हुन नेताहरू जापान पुग्दै छन् ।

मोदीको जापान भ्रमणबारे जानकारी दिँदै विदेश सचिव विनय मोहन क्वात्राले जापान भ्रमणका क्रममा मोदीले जापानी प्रधानमन्त्रीसँग औपचारिक भेटवार्तासमेत गर्ने बताएका छन् । उनले दुवै पक्षसँग सम्बन्धित कयौं विषयमा नेताहरूबीच कुराकानी हुन सक्ने उल्लेख गरेका छन् ।

उनले भारत र जापानबीचको सम्बन्ध लगातार बलियो बन्दै गएको र दुवै देशबीच कारोबार, लगानी, रक्षा र सुरक्षा क्षेत्रमा राम्रो सहकार्य रहेको उल्लेख गरेका छन् । जलवायु परिवर्तन, ऊर्जा, औद्योगिक विकास र मानव संशाधनको क्षेत्रमा दुवै देश नजिक रहेर सहकार्य गरिरहेको उनले बताए । दुई देशबीच सञ्चालनमा रहेका परियोजनाहरुको समीक्षासमेत हुने उनले उल्लेख गरे ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे मोदीको व्यक्तिगत मित्रसमेत रहेको जनाइएको छ । विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारत र जापानबीचको मित्रता बाहेक सिन्जो निजी स्तरमा मोदीको राम्रो मित्र पनि रहेको स्मरण गरेका छन् । सिन्जो आबेकै कार्यकालमा अस्ट्रेलिया, भारत, जापान र अमेरिका सदस्य रहेको क्वाडको गठन गरिएको थियो ।

प्रकाशित : आश्विन १०, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?