बंगलादेशमा डुंगा पल्टिँदा २४ जनाको मृत्यु

एजेन्सी

काठमाडौँ — बंगलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोआ नदीमा आइतबार दिउँसो डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको यस क्षेत्रमा भएको दुर्घटनामा अरु केही मानिसहरू हराइरहेको बताइएको छ ।

बंगलादेशमा डुंगा पल्टिँदा २४ जनाको मृत्यु

स्थानीय प्रहरीका अनुसार बोदा क्षेत्रस्थित कराटोआ नदी किनारमा रहेको हिन्दु मन्दिरबाट फर्कने क्रममा डुंगामा सवार यात्रुहरू दुर्घटनामा परेको हो । स्थानीय र उद्धारकर्मीहरूले आइतबार साँझसम्म २४ जनाको शव नदीबाट निकालेको बताइएको छ । मृत्यु हुनेमध्ये १२ जना महिला र ८ जना बालबालिकाहरू रहेको बताइएको छ ।

डुंगा पल्टिँदा कतिपय यात्रुहरू भने पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए । यस्तै २५ यात्रुहरू अझै हराइरहेको स्थानीय प्रहरीले जनाएको छ । साथै १० जनाको जीवीत उद्धार गरिएको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको स्थानीय मिडियाले जनाएका छन् ।

मुस्लिम वाहुल्य बंगलादेशमा हरेक वर्ष बोदेश्वरी मन्दिरमा हजारौं तीर्थालुहरूको भीड लाग्ने गर्छ । आइतबार हिन्दुहरूको महत्त्वपूर्ण पर्व दुर्गा पूजा सुरु भएको छ । जुन बंगलादेशसहित भारत र नेपालका अधिकांश स्थानमा मनाइन्छ ।

प्रकाशित : आश्विन ९, २०७९ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?