कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पाकिस्तानले अफगान शरणार्थी रिहा गर्ने

एजेन्सी

इस्लामावाद — कानुनी कागजात नभएको आरोपमा पाकिस्तानमा पक्राउ परेका ३ सय अफगान शरणार्थीलाई पाकिस्तान सरकारले रिहा गर्ने भएको छ । इस्लामाबादस्थित अफगान दूतावासका अधिकारीले पाकिस्तानी अधिकारीसँग कुराकानी गरेपछि पाकिस्तानले पक्राउ गरेका तीनसय शरणार्थी रिहा हुने भएका हुन् ।

पाकिस्तानी विदेश मन्त्रालयका उपप्रवक्ता हाफिज जिया अहमद टकलले एक भिडियोमा अफगान दूतावासको प्रयासका कारण केही बन्दीलाई मुक्त गरिएको बताए । पक्राउ परेका अन्यलाई जरिवाना तिरायर रिहा गरिने उनले जनाए । ‘केहीलाई आज रिहा गरिएको छ । अन्यलाई प्रक्रिया पुर्‍याएर छिट्टै रिहा गरिनेछ ।’ संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयुक्तको कार्यालयका अनुसार पछिल्लो समय अफगान शरणार्थीका लागि पाकिस्तान मुख्य आश्रयस्थल बनेको छ । सन् २०२१ को अन्त्यसम्मको तथ्यांक अनुसार पाकिस्तान, ताजिकिस्तान र इरानमा एक लाख ३८ हजार ५ सय अफगान शरणार्थी छन् । तीमध्ये पाकिस्तानमा मात्रै एक लाख आठ हजार छन् ।

पाकिस्तानको कराँचीमा रहेका केही अफगान शरणार्थीले आफ्नो परिवारका धेरै सदस्यलाई पाकिस्तानी प्रहरीले महिनौंदेखि हिरासतमा राखेको बताएका छन् । ‘उनीहरूलाई हिरासतमा लिएको दुई महिना भइसक्यो,’ एक शरणार्थीले भने ।

प्रकाशित : भाद्र २७, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×