कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तान बाढीले ३१ को मृत्यु, कैयौं बेपत्ता

एजेन्सी

काबुल — अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको छ । पर्वान प्रान्तमा मंगलबार आएको बाढीमा परी १७ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

अफगानिस्तान बाढीले ३१ को मृत्यु, कैयौं बेपत्ता

बख्तर समाचार समितिले मृतकको संख्या बढ्न सक्ने जनाएको छ । बाढीमा परी अझै पनि दर्जनौं मानिस हराइरहेका खामा प्रेसले जनाएको छ । भीषण बाढीका कारण पर्वान–बम्यान राजमार्गसमेत अवरुद्ध भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बाढीका कारण दर्जनौं घर र सयौं एकडमा लगाइएको बालीनाली समेत नष्ट भएको छ । भारी वर्षा र बाढीले पूर्वमा नान्गाहार प्रान्त र उत्तरमा पन्जसिर प्रान्तलगायत अन्य धेरै अफगान प्रान्तहरूलाई असर गरेको छ ।

‘स्थिति निकै भयावह बनेको छ । अर्को यस्तै विपद् रोक्न हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह गरेका छौं,’ कापिसा प्रान्तका सूचना तथा सञ्चार निर्देशक करिमुल्लाह वासिकले भने । अफगानिस्तानको नुरिस्तान प्रान्तमा दुई साताअघि आएको बाढीले ४० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र १, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?