कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाइल्यान्डको रात्रि क्लबमा आगलागी हुँदा १४ को मृत्यु, दर्जन घाइते

कान्तिपुर संवाददाता

बैंकक — थाइल्यान्डको चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागीमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार राति १ बजे घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

आगलागिमा परी अरु १२ भन्दा बढी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये नौ पुरुष र चार महिला रहेका छन् । उनीहरु सबै थाइल्यान्डकै नागरिक रहेको जनाइएको छ ।

घटना भएको थाहा पाउनासाथ स्थानीय, प्रहरी र अन्य उद्धारकर्ताहरु घटनास्थलमा पुगेर उद्धार कार्य गरेका थिए । घटनास्थलबाट उद्धारकर्ताहरुले १८ जनालाई उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनाका बारेमा थप अनुसन्धान सुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने प्रहरी अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित : श्रावण २०, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?