कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्विन्सल्यान्डमा तीन जनाको गोली हानी हत्या

कान्तिपुर संवाददाता

सिड्नी — अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको एक ग्रामीण इलाकामा गोली हानी तीन जनाको हत्या गरिएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ९:०० बजे राज्यको उत्तरपूर्वमा रहेको सानो सहर बोगीमा धेरै जनालाई गोली हानी हत्या गरिएको सूचनापछि प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो ।

क्विन्सल्यान्ड प्रहरी टम आर्मिटका कार्यकारी सुपरिटेन्डेन्टले स्थानीय सञ्चामाध्यमलाई भने, 'हामी सक्रियतापूर्वक त्यस क्षेत्रमा भएका भनिएका हत्याबारे खोजी तथा अनुसन्धान गरिरहेका छौं । परिस्थिति के थियो र कसरी यी मानिसहरूलाई गोली हानिएको थियो भन्ने विषयमा हाम्रो प्रारम्भिक अनुसन्धान शुरु भएको छ ।'

उनले भने, 'यस अवस्थामा घटनाका लागि को जिम्मेवार छ, हामीलाई थाह छैन हामी किनकि यस अनुसन्धानको प्रारम्भिक चरणमा छौं ।'

घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ र चौथो व्यक्तिलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ । वरपरका इलाकाको सर्वेक्षण गर्दा प्रहरीले त्यस इलाका अहिले सुरक्षित रहेको र घटनाबारे अनुसन्धान चलिरहेको जनाएको छ ।

प्रकाशित : श्रावण १९, २०७९ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?