कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

म्यान्मारमा ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड

एजेन्सी

काठमाडौँ — म्यान्मारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको छ । १९८८ पछि म्यान्मारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो त्यस विषयमा आधिकारिक रूपमा जानकारी गराइएको छैन । 

म्यान्मारमा ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड

मृत्युदण्ड दिएकोमा पूर्व सांसद फो जिया था, लेखक तथा कार्यकर्ता को जिमी, ला म्यो आङ्ग र आङ्ग थुरा जा रहेका छन् । उनीमाथि 'आतंकवादी गतिविधि'लाई संलग्न भएको आरोप थियो ।

मृत्युदण्ड दिएको जानकारी यसै वर्षको जुनमा सेनाले दिएको थियो। त्यो निर्णयको अन्तर्राष्ट्रिय क्षेत्रबाट आलोचना भएको थियो । उनीहरुलाई यो सजाय २०२१ मा भएको 'सैनिक कु'को दौरान भएको घटनासँग सम्बन्धित रहेको बताइएको छ । प्रजातान्त्रिक रूपमा निर्वाचित भएको आङ साङ सू चीको नेसनल लिग फर डेमोक्रेसीबाट सरकार बनाउनबाट रोक्दै सेनाले सत्ता हातमा लिएको थियो । त्यस समयमा म्यान्मारभर त्यसको विरोध प्रदर्शन भएको थियो ।

सरकारी न्युज आउटलेट 'ग्लोबल न्युज लाइट अफ म्यान्मार'ले चारै जनाले 'अमानवीय र आतंककारी गतिविधिलाई उनीहरुले व्यवस्थापन गर्न र षडयन्त्र रच्न' संलग्न भएको जनाएको छ । उनीहरुमाथि 'आतंकवाद विरोधी कानुन' अनुसार मुद्दा दर्ता गरिएको बताइएको छ । परिवारका सदस्यहरुले मृत्युदण्डको बारेमा औपचारिक रूपमा कुनै जानकारी नगराएको बताएका छन् ।

संयुक्त राष्ट्र संघका अनुसार १९८८ पछि म्यान्मारमा पहिलो पटक मृत्युदण्ड दिइएको हो ।

प्रकाशित : श्रावण ९, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×