भारतमा एकै दिन २० हजारलाई कोरोना

एजेन्सी

नयाँदिल्ली — भारतमा पछिल्लो एक दिनमा २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २० हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

भारतमा एकै दिन २० हजारलाई कोरोना

उक्त अवधिमा ३६ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

यसअघि भारतमा लगातार तीन दिनसम्म दैनिक २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा हालसम्म ४ करोड ३८ लाख ८८ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक लाख ५२ हजार २ सय संक्रमणको अवस्थामा छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार १ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना निको हुनेको संख्या ४ करोड ३२ लाख १० हजार नाघेको छ । मन्त्रालयद्वारा जारी पछिल्लो विवरणअनुसार हालसम्म ५ लाख २६ हजार ३३ जनाको मृत्यु भइसकेको छ । महामारी सुरु भएयता ८६ करोड ८९ लाखभन्दा बढीमा भाइरसको परीक्षण गरिसकिएको छ । भारतमा सन् २०२१ को जनवरी १६ देखियता २ अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।

प्रकाशित : श्रावण ९, २०७९ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?