२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

'राष्ट्रपति मुर्मूको आधिकारिक ट्विटर ह्यान्डल छैन' *

काठमाडौँ — भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूको आधिकारिक ट्विटर ह्यान्डल नरहेको भारतीय अधिकारीले जनाएका छन् । राष्ट्रपति मुर्मूका नाममा खोलिएका ट्विटर ह्यान्डलबाट विभिन्न ट्विट हुन थालेपछि भारतीय अधिकारीले उक्त कुरा प्रष्ट्याएका हुन् ।

'राष्ट्रपति मुर्मूको आधिकारिक ट्विटर ह्यान्डल छैन' *

राष्ट्रपतिमा भारतीय जनता पार्टीले मूर्मूलाई उठाउने घोषणा गरेपछि नाममा सयौँ ट्विटर एकाउन्ट बनाइएका छन् । ती ट्विटर ह्यान्डलबाट मुर्मूबारे फोटो, भिडियो तथा टेक्स्ट ट्विट हुँदै आएको छ ।

मुर्मुको यस्तै ह्यान्डलबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बधाइ दिइएकोमा धन्यवाद दिइएको छ ।

मुर्मूको मनोनयनसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कुनै ह्यान्डललाई ट्विट गरेका थिएनन् ।

त्यस्तै ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले पनि #DraupadiMurmu लेखेर मुर्मूलाई बधाई दिएका थिए । इन्डिया टुडेले गरेको तथ्य जाँचमा मुर्मूका निजी सहायक सुरजकुमार महतोले मूर्मूका नाममा कुनै आधिकारिक ह्यान्डल नभएको बताएका छन् । उनले भनेका छन्, 'यी सबै एकाउन्ट नक्कली हुन् । उहाँ अहिलेसम्म सामाजिक सञ्जालमा हुनुहुन्न।'

भारतीय राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डलका रुपमा @rashtrapatibhvn रहेको छ । नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गरेसँगै उक्त ह्यान्डल हस्तान्तरण गरिने छ ।

* सच्याइएको - भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूको अहिलेसम्म कुनै पनि ट्विटर ह्यान्डल नरहेको भन्ने आधिकारिक जानकारी प्राप्त भएकोले यसअघि प्रकाशित 'नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त छु : भारतीय राष्ट्रपति मुर्मू' शीर्षकको समाचार क्षमायाचनासहित हटाइएको छ ।

प्रकाशित : श्रावण ६, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?