१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

श्रीलंकामा बुधबार नयाँ राष्ट्रपति चयन गरिने

एजेन्सी

काठमाडौँ — श्रीलंकाको नयाँ राष्ट्रपति चयनका लागि आगामी जुलाइ २० मा निर्वाचन हुने भएको छ । निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि यहाँको संसद्‍ले नयाँ राष्ट्रपति चयन गर्न लागेको हो ।

श्रीलंकामा बुधबार नयाँ राष्ट्रपति चयन गरिने

शुक्रबार सभामुख महिन्दा यापा अबेयर्दानेले नयाँ राष्ट्रपति चयनको मिति घोषणा गरेका हुन् । देश छाडेर शरण लिन माल्दिभ्स हुँदै सिंगापुरमा पुगेर बसेका निवर्तमान राष्ट्रपतिले सिंगापुरबाटै राजीनामा पठाएका थिए । उक्त राजीनामा पनि शुक्रबार नै स्वीकृत भइसकेको छ ।

सभामुख अबेयर्दानेका अनुसार राष्ट्रपति पदका लागि मंगलबार उम्मेदवारी दर्ता हुनेछ । त्यसको भोलिपल्ट बुधबार सांसदहरुले मतदान गर्ने कार्यतालिका रहेको छ ।

राजापाक्ष भागेपछि हाल श्रीलंकाको कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी वर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले सम्हालेका छन् । यससँगै श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शन गर्ने क्रम केही कम भएको बताइएको छ ।

प्रकाशित : असार ३१, २०७९ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?