कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आईएसआईएसका सिरिया प्रमुख अमेरिकी आक्रमणमा मारिए

एजेन्सी

काठमाडौँ — सशस्त्र विद्रोही समूह स्लामिक स्टेट (आईआईएस)का सिरिया प्रमुख लडाकु नेता अमेरिकाको ड्रोन आक्रमणमा मारिएका छन् । आईआईएसका सिरिया प्रमुख महर अल अगल मंगलबार ड्रोन हमलामा मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

आईएसआईएसका सिरिया प्रमुख अमेरिकी आक्रमणमा मारिए

फ्रेन्च समाचार एजेन्सी एएफपीका अनुसार सिरियाको जिन्दायरिस नजिकै मोटरसाइकलमा कुदिरहेका बेला उनी मारिएका हुन् । यस क्रममा उनका एक शीर्ष सहयोगी गम्भीर घाइते भएको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अगल आईएसआईएसका प्रमुख पाँच नेताहरूमा पर्ने नेता हुन् ।

सिरियाली नागरिक सुरक्षा बलले पनि एलेप्पो बाहिर मोटरसाइकललाई लक्षित गरी भएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र अर्का घाइते भएको जनाएको छ । तर मारिने व्यक्ति र घाइतेको पहिचान गरेको छैन ।

सिरियाको एटमे सहरमा रातको समयमा अमेरिकी आक्रमणबाट इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल-कुरैशीको मृत्यु भएको पाँच महिनापछि उक्त हमला भएको हो। अमेरिकी अधिकारीहरूले कुरैशी भाग्न खोज्दा उनको मृत्यु भएको जनाएका थिए ।

प्रकाशित : असार २८, २०७९ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×