१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

पाकिस्तानमा बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु, १२ घाइते

काठमाडौँ — पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तको शेरानी जिल्लामा आइतबार बस खाल्डोमा खस्दा कम्तीमा १९ यात्रुको मृत्यु हुनाको साथै अन्य १२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटना उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सिमानामा रहेको जिल्लाको दानासार क्षेत्र नजिकै भएको हो ।

पाकिस्तानमा बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु, १२ घाइते

तीव्र गति र वर्षाका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले थप मृत्यु हुने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ ।

देशको राजधानी इस्लामाबादबाट बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा जाँदै गरेको बसमा ३० भन्दा बढी यात्रु सवार थिए ।

प्रकाशित : असार १९, २०७९ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?