नर्वेको नाइट क्लबमा गोली प्रहार : दुईको मृत्यु, २१ घाइते- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नर्वेको नाइट क्लबमा गोली प्रहार : दुईको मृत्यु, २१ घाइते

एजेन्सी

काठमाडौँ — नर्वेको राजधानी ओस्लोस्थित एक लोकप्रिय समलैंगिक बार लण्डन पब अगाडि एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् ।

लैंगिक अल्पसंख्यक समुदायले हरेक वर्ष महत्त्वका साथ मनाउने प्राइड परेड (गौरव यात्रा) सुरु हुनुअघि यस्तो घटना भएको हो । घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान १ बजे विभिन्न तीन स्थानमा अन्धाधुन्ध गोली प्रहार भएको थियो । प्रहरीका अनुसार समलिंगी बारसँगै राजधानी ओस्लोका अन्य दुई स्थानमा पनि गोली प्रहार भएको हो ।

नर्वेको प्रहरीले उक्त गोली काण्डलाई 'आतंकवादी हमला' को रूपमा अनुसन्धान गर्ने जनाएको छ । यससँगै शनिबारका लागि निर्धारित प्राइड परेड रद्ध गरिएका छन् ।

शनिबार उक्त घटनाबारे आयोजित पत्रकार सम्मेलनमा प्रहरीले पक्राउ पर्ने व्यक्ति इरानी मूलका नर्वेजियन नागरिक रहेको जानकारी दिएको छ ।

प्रकाशित : असार ११, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्

मन्थलीमा कांग्रेसको समीक्षा बैठकमा नेताबाटै कुटिए कार्यकर्ता

स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश कार्यसमिति सदस्य प्रदीप रोकाले कार्यकर्तामाथि कुटपिट गर्दा ६ जना घाइते
टीकाप्रसाद भट्ट

रामेछाप — नेपाली कांग्रेसका प्रदेश कार्यसमिति सदस्य प्रदीप रोकाको कुटपिटबाट शनिबार रामेछापको मन्थली नगरपालिका ३ मा ६ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

मन्थली ३ मा चुनावी समीक्षा कार्यक्रममा मादक पदार्थ सेवन गरी पुगेका रोकाले भेलामा आएका कांग्रेसका नेता तथा कार्यकर्तामाथि कुटपिट गरेका थिए । कुटपिटबाट कांग्रेस नेता युवराज भट्टराई, केशव कुमार रोका, सन्तोष भट्टराई, नारायण भट्टराई, राजन रोका, किरण बोगटी लगायत घाइते भएका छन् ।

समीक्षा बैठकमा रोकाले युवराज लगायत कार्यकर्तालाई अन्तरघातीको संज्ञा दिँदै उनीहरूकै कारण वडा र नगरको निर्वाचनमा पराजित हुनु परेको आरोप लगाउँदै कुटपिट गरेका हुन् । वडा सदस्यमा पराजित राजन रोकाका अनुसार उनले जे पायो त्यसैले प्रहार बताए ।

कुटपिटमा घाइते भएकाहरू तामाकोसी अस्पतालमा सामान्य उपचारपछि घर फर्केका छन् । प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार कुटपिटमा संलग्न रोकालाई प्रहरीले हिरासतमा लिएको छ । पीडितहरूको जाहेरी आएपछि आवश्यक कारबाही अघि बढाइने थिङले बताए ।

रामेछापमा कांग्रेसको किल्ला भनेर चिनिने कठजोरमा स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको थियो । अपत्यारिलो हार भएको भन्दै वडामा कांग्रेसले समीक्षा बैठकको आयोजना गरेको हो ।

प्रकाशित : असार ११, २०७९ १९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×