कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रक्षा क्षमता बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन

एजेन्सी

काठमाडौँ — उत्तर कोरियाली नेता किम जोङ उनले देशको रक्षा क्षमता बढाउन निर्देशन दिएका छन् । युद्धमोर्चामा खटिने फौजका लागि कार्य योजना निर्माणको क्रममा उच्च सैन्य अधिकारीहरूसँगको बैठकमा नेता किमले यस्तो निर्देशन दिएका हुन् ।

रक्षा क्षमता बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन

यस क्रममा किमले सेनाहरूका लागि महत्त्वपूर्ण कार्य योजना पनि निर्माण गरेको बताइएको छ ।

शुक्रबार उत्तर कोरियाको राज्य सञ्चालित मिडियाले यसबारे जानकारी दिएको छ । यस्तै उत्तर कोरियाले फ्रन्ट-लाइन आर्टिलरी एकाइहरूमा रणनीतिक आणविक हतियारहरू तैनाथ गर्ने योजना बनाइरहेको हुनसक्ने पनि बताइएको छ।

किमले अध्यक्षता गरेको ८औं केन्द्रीय सैन्य आयोगको विस्तारित बैठक अन्तर्गत शीर्ष अधिकारीहरूले बिहीबार युद्ध प्रतिरोधी क्षमतालाई थप बलियो बनाउन सैन्य प्रतिबद्धतासहितको 'महत्त्वपूर्ण प्रतिवेदन' अनुमोदन गरेका थिए । राज्यसंचालित कोरियाली केन्द्रीय समाचार एजेन्सीका अनुसार

जहाँ उत्तर कोरियाले आफ्नो युद्ध योजना परिमार्जन गरेको कुरालाई जोड दिएको छैन । तर उच्च अधिकारीहरूले सैन्य कार्य योजनामा युद्धमोर्चामा खटिने फौजहरूको परिचालनलाई सशक्त बनाउने उल्लेख छ ।

यद्यपि उक्त सैन्य कार्ययोजनाबारे उत्तर कोरियाली मिडियाले व्याख्या गरेको छैन । उत्तर कोरियाबारे जानकार एवं विश्लेषकहरूले भने उत्तर कोरियाले आफ्नो सीमामा दक्षिण कोरियालाई लक्षित गरी आणविक हतियारहरू तैनाथ गर्ने योजना बनाउन सक्ने व्याख्या गरेका छन् । उत्तर कोरियाले यस वर्ष ठूलो संख्यामा हतियार साथै आणविक परीक्षण गरेको छ ।

प्रकाशित : असार १०, २०७९ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?