२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

सोनिया गान्धी अस्पताल भर्ना

नयाँ दिल्ली — भारतमा विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पताल भर्ना भएकी छन् । उनी केही दिनयता कोरोना संक्रमित छिन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या फेरि बढेको पाइएको छ ।

सोनिया गान्धी अस्पताल भर्ना

गान्धीको हेल्थ रिपोर्ट १ जुनमा कोरोना पोजिटिभ आएको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीस्थित गंगाराम अस्पतालमा सोनायालाई भर्ना गरिएको हो । उनलाई कोरोना संक्रमण देखिएपछि उनकी छोरी प्रियंका गान्धी पनि कोरोना संक्रमित भएकी छन् ।

दिल्लीमा कोरोना संक्रमणको दर बढ्नुका साथै दैनिक रुपमा नयाँ संक्रमित पनि थपिँदै छन् । दिल्लीमा संक्रमण दरले ४ प्रतिशत पार गरेको बताइएको छ । पछिल्लो २४ घण्टामा ७ सय ९५ जना नयाँ संक्रमित भेटिएका छन् । संक्रमितको संख्या बढेको पाइए पनि मृत्युका घटना भने भएका छैनन् ।

प्रकाशित : जेष्ठ २९, २०७९ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?