कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

श्रीलंकामा आयात प्रतिबन्ध खुकुलो पारियो

एजेन्सी

कोलम्बो — श्रीलंकाले यस वर्षको मार्च र अप्रिल महिनामा विभिन्न ३ सय ६९ वस्तुमाथि लगाएको आयात प्रतिबन्ध खुकुलो पारेको छ । रनिल विक्रमासिंघे नेतृत्वको सरकारले यसै साता यस्तो घोषणा गरेको हो ।

श्रीलंकामा आयात प्रतिबन्ध खुकुलो पारियो

यहाँको अर्थ मन्त्रालयका अनुसार यसबारे प्रधानमन्त्री रनिल विक्रमासिंघेद्वारा हस्ताक्षरित सूचना जारी गरिएको छ । यसअघि ३ सय ६९ वस्तुमध्ये कुनै पनि वस्तु आयात गर्न चाहनेले आयात अनुमतिपत्र लिनुपर्ने बाध्यतात्मक प्रावधान थियो ।

विदेशी उत्पादनमा विदेशी मुद्रा खर्च घटाउन अघिल्लो सरकारले आयातमा रोक लगाउने नीति लिएको थियो । श्रीलंकाको केन्द्रीय बैंकले सोमबार सरकारको घोषणापछि आयातकर्तालाई आवश्यक वस्तु आयात गर्न बैंकिङ क्षेत्रमार्फत् पर्याप्त विदेशी मुद्राको पहुँच सुनिश्चित गर्ने बताएको छ ।

श्रीलंकामा यस वर्ष विदेशी मुद्राको अभाव भएपछि यसको असर अतिआवश्यक वस्तुहरूको आयातमा पनि परेको छ । पछिल्लो केही महिनादेखि नै श्रीलंकाले आर्थिक संकट सामना गर्दै आएको छ ।

जसकारण दैनिक उपभोग्य वस्तुको पनि अभाव उत्पन्न भएपछि ठूलो संख्यामा श्रीलंकाका जनताले देश छोडेका छन् । यसबीचमा राजधानी कोलम्बोसहित विभिन्न सहरमा विशाल र हिंसात्मक प्रदर्शनसमेत भएका थिए ।

श्रीलंकाको आर्थिक संकटलाई लक्षित गर्दै विश्व बैंकले समेत हालै श्रीलंकालाई आर्थिक सहायता गर्ने घोषणा गरेको थियो ।

प्रकाशित : जेष्ठ १८, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?