कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक हजार बढी अफगान शरणार्थी छिमेकी देशबाट स्वदेश फर्किए

एजेन्सी

काठमाडौँ — छिमेकी देश पाकिस्तान र इरानमा शरण लिएका १ हजार ९४ जना अफगान नागरिक शनिबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको सरकारले सोमबार उनीहरू स्वदेश फर्किएको पुष्टि गरेको हो ।

एक हजार बढी अफगान शरणार्थी छिमेकी देशबाट स्वदेश फर्किए

अफगान अधिकारीहरूका अनुसार ८ सय ५४ अफगानीहरू पश्चिमी निमरोज प्रान्तको सीमा नाका हुँदै इरानबाट फर्किएका छन् ।

यस्तै २ सय ४० जना परिचयपत्र लगायत कागजातविहीन शरणार्थीहरू पाकिस्तानबाट दक्षिणी कान्दाहार प्रान्तमा आइपुगेको बताइएको छ ।

आप्रवासीहरूसँग उनीहरू बसेको देशले जारी गरेको कुनै कागजात भने नभेटिएको बताइएको छ। अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयको आधिकारिक तथ्यांक अनुसार सन् २०२१ को अगस्टयता छिमेकी देशहरूबाट ६ लाख ५३ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका वा निर्वासित भएका छन्।

प्रकाशित : जेष्ठ १६, २०७९ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?