कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाबाट अवैध रुपमा अष्ट्रेलिया जान खोज्ने ६७ जना पक्राउ

एजेन्सी

काठमाडौँ — श्रीलङ्काको नौसेना (एसएलएन) ले सोमबार राति सल्लिसम्पल्टिभु र त्रिन्कोमाली समुद्रमा गरेको विशेष अपरेसनको क्रममा अवैध आप्रवासन गर्न खोज्ने ६७ जनालाई पक्राउ गरेको छ ।

श्रीलंकाबाट अवैध रुपमा अष्ट्रेलिया जान खोज्ने ६७ जना पक्राउ

नेभल डकयार्डबाट नौसेनाका कर्मचारीहरूको समूहले निलावेली प्रहरीको सहयोगमा ३० देखि ४० वर्ष उमेर समूहका १२ संदिग्ध पुरुषहरूलाई पक्राउ गरेको श्रीलंकन मिडियाले जनाएका छन् ।

नौसेनाले विज्ञप्तिमा भने अनुसार सोमबार राजधानी कोलम्बोबाट २६० किलोमिटर उत्तरपूर्वमा रहेको बन्दरगाह सहर त्रिन्कोमाली नजिक १२ जना पुरुषलाई पक्राउ गरी उनीहरूलाई सोधपुछ गर्दा माछा मार्ने जहाजमा यात्रा गरिरहेका थप ५५ जनालाई पनि पक्राउ गरिएको थियो। ती व्यक्तिहरू ३ देखि ५३ वर्ष उमेर समूहका थिए । तिनीहरूमध्ये पाँच जना मानव तस्करीको समूहमा रहेको आशंका गरिएको छ।

पक्राउ परेकाहरू समुद्री मार्गबाट अवैध आप्रवासनको रुपमा अष्ट्रेलिया प्रवेश गर्न खोजेको आशंका गरिएको छ। छापा मार्दा दुईवटा तीन पाङ्ग्रे सवारीसाधन, एउटा ट्याक्सी र एउटा भ्यान समेत बरामद गरिएको प्रहरीले जनाएको छ । माछा बोकेको जहाजलाई रोक्ने क्रममा नौसेनाले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।

यसैबीच, पक्राउ परेकालाई थप कानुनी कारबाहीका लागि निलावेली र उप्पुवेली प्रहरीमा बुझाउने तयारी भइरहेको बताइएको छ । पछिल्लो केही महिनायता श्रीलंकामा गहिरिँदै गएको आर्थिक संकटका बीच राजनीतिक अस्थिरता उत्पन्न भएको छ । यसबीचमा श्रीलंकाबाट विदेशिने क्रम बढ्दो छ । श्रीलंकाका विभिन्न स्थानबाट मानिसहरू माछा बोक्ने डुंगामार्फत् समुद्री मार्ग भएर अष्ट्रेलिया लगायत देशमा अवैध रुपमा जाने गरेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?