कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युद्धअपराधमा दोषी रुसी सैनिकलाई जन्मकैद

एजेन्सी

किभ — युक्रेनी अदालतले एक रुसी सैनिकलाई युद्धअपराधमा दोषी ठहर गर्दै आजीवान कारावासको सजाय सुनाएको छ ।रुस–युक्रेन युद्धका क्रममा ट्यांक कमान्डर भादिम सीसीमारिनले ६२ वर्षीय ओलेक्सान्डर सेलिपोभलाई गोली हानी हत्या गरेको अदालतको ठहर छ । सेलिपोभको फेब्रुअरी २८ मा युक्रेनको उत्तर–पश्चिमी गाउँ चुपाखिभ्कामा हत्या भएको थियो ।

युद्धअपराधमा दोषी रुसी सैनिकलाई जन्मकैद

युक्रेनले नाटोको सदस्यता लिने तयारी गरेपछि रुसले फेबु्रअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । त्यसयता युक्रेनी अदालतले पहिलोपटक रुसी सैनिकलाई युद्ध अपराधमा दोषी ठहर गरेको हो ।

युक्रेनी अधिकारीहरूले ११ हजारभन्दा बढी सम्भावित युद्ध अपराधका घटनामा रुसी सेनाको संलग्नता पहिचान भएको दाबी गर्दै आएका छन् । रुसले भने आफ्नो फौजले गैरसैनिकलाई निसाना बनाएको अस्वीकार गर्दै आएको छ । युक्रेनी राजधानी किभस्थित अदालतमा भएको सुनुवाइका क्रममा सीसीमारिनले ‘युद्ध अपराध तथा नियोजित हत्यासहितका अभियोगमा दोषी रहेको’ स्वीकार गरेका थिए ।

युक्रेनी अभियोजनकर्ताहरूका अनुसार २१ वर्षीय सेलिपोभलाई घरनजिकैको सडकमा साइकल डोर्‍याएर हिँडिरहेका बेला सेलिपोभलाई मेसिन गनबाट गोली हानेका थिए । मुद्दाबारे आफूहरूलाई पूर्वजानकारी नदिइएको रुसी अधिकारीहरूको भनाइ छ । किभस्थित रुसी दूतावास भने हाल बन्द छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ ०६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?