१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

पेरिसस्थित कतारी दूतावासका सुरक्षा गार्डको हत्या

एजेन्सी

पेरिस — फ्रान्सको राजधानी पेरिसस्थित कतारी राजदूतावासमा आक्रमण हुँदा एक जना सुरक्षा गार्डको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान साढे ६ बजे दूतावासभित्र एक जना संदिग्ध व्यक्ति पसेका थिए । त्यसपछि उनी दूतावासका गार्डलाई आक्रमण गरेका थिए ।

पेरिसस्थित कतारी दूतावासका सुरक्षा गार्डको हत्या

आक्रमणमा परी गार्डको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण आतंकवादी घटनासँग नजोडिएको पनि प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कतारी राजदूतावासले ट्विट गर्दै उक्त घटना 'जघन्य र अक्षम्य' भएको बताएको छ ।

फ्रान्सेली पत्रिका ला पेरिसियनले आक्रमणमा संलग्न ३८ वर्षीय व्यक्ति मानसिक रूपमा ठीक नभएको बताएको छ । पत्रिकाले लेखेको छ, 'सेभरानका स्थायी बासिन्दा उनी प्रहरीविरुद्ध नै हिंसा भड्काउने खालका व्यक्ति हुन् । घटनाका बेला उनले कोकिनसमेत सेवन गरेका थिए । उनको स्वास्थ्य परीक्षण भइरहेको छ ।'

प्रकाशित : जेष्ठ ९, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?