इजरायली सेनाको आक्रमणबाट अलजजिराकी पत्रकार अकलेहको मृत्यु- विश्व - कान्तिपुर समाचार

इजरायली सेनाको आक्रमणबाट अलजजिराकी पत्रकार अकलेहको मृत्यु

इजरायली सेनाले शरणार्थी शिविरमा आक्रमण गरेको घटनाबारे उनी रिपोर्टिङ गरिरहेकी थिइन् ।
एजेन्सी

काठमाडौँ — अलजजिराकी वरिष्ठ पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजको कब्जामा रहेको वेस्ट बैंकमा गोली हानी हत्या गरिएको छ । अलजजिराका अनुसार ५१ वर्षीया पत्रकार अकलेह त्यहाँ रहेको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार संकलनको क्रममा थिइन् ।

'प्रेस भेस्ट' लगाएर रिपोर्टिङ गरररहेको अवस्थामा उनीमाथि इजरायली सेनाले गोली हानेको अलजजिराले जनाएको छ । यस क्रममा अर्का एक प्यालेस्टाइनी पत्रकार अली अल समौदी घाइते भएका छन् ।

यस घटनाप्रति आपत्ति जनाउँदै अजजिराले एक विज्ञप्ति जारी गरेको छ । साथै पत्रकार शिरिनको हत्या गरिएको भन्दै अलजजिराले इजरायली सेनालाई जिम्मेवार बनाउन बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

इजरायली सेनाले व्यवस्थित रुपमा यस क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको अजजिराको भनाइ छ । यस बाहेक पनि इजरायली सेनाले पछिल्लो समय यस क्षेत्रमा अरु पनि प्यालेस्टाइनी पत्रकारको पनि हत्या गरेको बताइन्छ । जुन घटनाबारे अनुसन्धान गरिनुपर्ने भन्दै आवाज उठाइएको छ ।

'ह्युमन राइट्स वाच'का लागि इजरायल र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले इजरायली सेनाद्वारा अबु अक्लेहको मृत्यु असामान्य नभएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : वैशाख २८, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्

चीनको ई-वाणिज्य डेलिभरी एक्सप्रेस सेवा ‘युन् ता’ अब नेपालमा

लक्ष्मी लम्साल

बेइजिङ — चीनको लोकप्रिय ई-वाणिज्य डेलिभरी एक्सप्रेस सेवा युन् ताले नेपालमा आफ्नो एकीकृत सेवा सुरू गर्ने भएको छ। चीनमा अनलाइन किनमेलको निर्यात तथा ढुवानी सेवाका लागि आवश्यक रसद उपलब्ध गराउने गरी यो सेवा नेपालमा सञ्चालन गर्न लागिएको युन् ताले जनाएको छ।

मंगलबार युनताले नेपाल एकीकृत सेवा विस्तारको घोषणा गरेको हो । यो कम्पनीले उपभोक्ताहरूको व्यक्तिगत खरिद मागलाई पूरा गर्नका लागि उत्पादनहरूलाई एकसाथ एकीकृत गरी निर्यात गर्नेछ ।

युन् ताले घरेलु एक्सप्रेस वेयरहाउस को-प्याकेजिङ, एयर फ्रेट संकलन र अन्य कार्यहरू मार्फत् चीनबाट नेपाली सामानहरू सुरक्षित र समयमै उपभोक्ताहरू माझ पुर्‍याउने चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन् । ‘नेपाल कन्सोलिडेसन’ अन्तर्गत प्रत्येक महिना ठूलो परिमाणका सामग्री निर्यातका लागि विशेष विमानको व्यवस्था गरिएको छ । नेपालका लागि उक्त विशेष विमान चीनको छङ्तु विमानस्थलबाट उड्नेछ । कूल ७ देखि ११ दिनमा प्याकेज नेपालसम्म पुग्नेछ ।

पछिल्ला दिनमा युन् ता अन्तर्राष्ट्रिय डेलिभरी कम्पनीले दुबई, अस्ट्रेलिया, कोरिया, कम्बोडिया र नेपाललगायत देशहरूमा कन्सोलिडेसन सेवा सुरूवात गर्दै मध्यपूर्व, दक्षिण एसिया, पश्चिम एसियाका साथै मुख्य सहरसम्मको पहुँच विस्तार गर्दै गएको पनि चिनियाँ सञ्चारमाध्यहरूले जनाएका छन् ।

प्रकाशित : वैशाख २८, २०७९ १४:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×