कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

एजेन्सी

किभ — युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच टेलिफोन वार्ता भएको छ । युक्रेनको पछिल्लो अवस्था र आवश्यक सहयोगको विषयमा उनीहरूको कुराकानी केन्द्रित थियो ।

युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

फोन वार्तामा युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका बारेमा कुराकानी भएको बताइएको छ । युक्रेनका राष्ट्रपति जेलिन्स्कीले यसबारे जानकारी दिएका छन् । जोनसन तीन साताअघि समेत युक्रेनको अवस्था बुझ्न युक्रेनको राजधानी किभ पुगेका थिए ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार फोन वार्ताको क्रममा जोनसनले युक्रेनलाई आर्थिक र मानीयय सहायतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै मारिउपोलबाट मानिसहरूलाई उद्धार गर्नेबारे छलफल भएको बताइएको छ।

केही दिनअघि मात्रै जेलिन्सकीले फ्रान्सेली राष्ट्रपति इमानुएन म्याक्रोंसँग पनि कुराकानी गरिसकेका छन् । युक्रेनमा रुसले आक्रमण गरेपछि युक्रेनका लागि मानवीय सहायताको खाँचो परेको भन्दै अन्तर्राष्ट्रिय समुदायले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । यसबीचमा संयुक्त राष्ट्रसंघीय उच्च प्रतिनिधिहरू समेत युक्रेनको अवस्था बुझ्न किभ पुगेका छन् ।

रुसको आक्रमणबाट युक्रेनमा २ हजार ८ सयभन्दा धेरैको मृत्यु हुनुका साथै दसौं लाख मानिस विस्थापित हुनु परेको छ । मृत्यु हुनेमध्ये २ सयभन्दा धेरै बालबालिका परेका छन् ।

प्रकाशित : वैशाख १८, २०७९ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×