कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री मोदी र जोनसनबीच भेटवार्ता

रासस, एएनआई 

नयाँ दिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् । दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर' दिइएको थियो ।

प्रधानमन्त्री मोदी र जोनसनबीच भेटवार्ता

'यो भारत-बेलायत मित्रता र दुई प्रजातन्त्र, सबैभन्दा ठूलो र सबैभन्दा पुरानो बीचको मिलनको शुभ क्षण हो । मलाई लाग्दैन कि भारत र बेलायतबीच यति बलियो र राम्रो सम्बन्ध कहिल्यै थिएन जुन अहिले छ,' जोनसनले भने ।

बेलायत र भारतको रणनीतिक प्रतिरक्षा, कूटनीतिक र आर्थिक साझेदारीमा घनिष्ट साझेदारीलाई सुदृढ पार्ने र इन्डो-प्यासिफिकमा सुरक्षा सहयोगलाई अगाडि बढाउने विषयमा वार्ता गर्न भारत भ्रमणको सुरुवातमा जोनसन बिहीबार गुजरात आइपुगेका थिए ।

'उनीहरू (गुजरातका मानिसहरू) ले हाम्रो लागि शानदार स्वागत गरे । यो एकदम असाधारण थियो । मैले यस्तो रमाइलो स्वागत कहिल्यै देखेको छैन । मैले यस्तो स्वागत संसारमा अरू कतै पाएको थिइनँ । पहिलो पटक तपाईंको (प्रधानमन्त्री मोदीको) गृह राज्य हेर्न पाउँदा अचम्म लाग्यो,' जोनसनले भने ।

यसअघि बेलायती प्रधानमन्त्रीले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

बेलायती प्रधानमन्त्रीले भारतका विदेशमन्त्री एस जयशंकरसँग वार्ता गर्ने कार्यक्रम छ र त्यसपछि दुवै पक्षले हैदराबाद हाउसमा करिब १ बजे प्रेस विज्ञप्ति जारी गर्ने बताइएको छ ।

प्रकाशित : वैशाख ९, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?