कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

चीन–सोलोमन सुरक्षा सम्झौताले अस्ट्रेलिया तनावमा

एजेन्सी

क्यानबेरा/बेइजिङ — चीनले सोलोमन आइल्यान्ड्ससँग सुरक्षा सम्झौता गरेपछि अस्ट्रेलिया, न्युजिल्यान्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षाबारे गम्भीर चासो जनाएका छन् ।

चीन–सोलोमन सुरक्षा सम्झौताले अस्ट्रेलिया तनावमा

दुई देशबीच यसै साता गरिएको सम्झौतापछि चीनले प्रशान्त क्षेत्रमा नौसैनिक केन्द्र बनाउने त्रास बढेको हो । सोलोमन आइल्यान्ड्सको सबैभन्दा ठूलो दातृराष्ट्र अस्ट्रेलियाले दुई देशबीचको सम्झौता रोक्न प्रयत्न गरेको भए पनि त्यो असफल भएको थियो । अस्ट्रेलियाली प्रस्ताव सोलोमन आइल्यान्ड्सले अस्वीकार गरेको हो ।

सोलोमनका प्रधानमन्त्री मनासेह सोगाभरेले चीनसँगको सम्झौताले प्रशान्त क्षेत्रको शान्ति र सद्भावमा केही असर नपर्ने बताएका बीबीसीले उल्लेख गरेको छ । यद्यपि, उनले सम्झौताका विषयबारे भने केही उल्लेख गरेका छैनन् । ‘राष्ट्रिय हितबाट निर्देशित भएर खुला आँखाले सम्झौता सम्पन्न गरेको’ उनको भनाइ छ ।

अस्ट्रेलिया सरकारले ‘सम्झौताको एक मस्यौदा’ हात पारेको जनाउँदै दुई देशबीच विभिन्न विषयमा सहमति भएको जनाएको छ । सम्झौताअनुसार सोलोमन आइल्यान्ड्समा चिनियाँ युद्धपोतहरू तैनाथ गर्न अनुमति दिइने र सामाजिक शान्ति कायम गर्न सहयोगका लागि चीनले सुरक्षा फौज पठाउन सक्नेछ ।

पछिल्ला वर्षहरूमा सोलोमनमा सामाजिक सद्भाव र अशान्ति फैलिएको छ । गत नोभेम्बरमा प्रधानमन्त्री सोगाभरेविरुद्ध राजधानी होनिअरामा फैलिएको दंगाका क्रममा प्रदर्शनकारीले संसद्मा आक्रमण गरेपछि अस्ट्रेलिया सरकारले सेना पठाएको थियो । तर सोगाभरे सरकारले सुटुक्क चीनसँग सम्झौता गरेपछि अप्ठ्यारो समयमा सहयोग गरेको अस्ट्रेलिया झस्केको हो ।

चिनियाँ विदेश मन्त्रालयले दुई देशबीच भएको सम्झौतामा सामाजिक शान्ति कायम गर्ने विषय पनि समेटिएको पुष्टि गरेका बीबीसीले उल्लखे गरेको छ । अस्ट्रेलियाली विदेशमन्त्री मरिस पेन र प्रशान्त मन्त्री जेद सेसेल्जाले दुई देशबीचको सम्झौता ‘एकदमै निराशाजनक’ भएको बताउँदै यसका प्रावधान अपारदर्शी भएकाले चिन्ता थपिएको बताएका छन् ।

‘प्रशान्त क्षेत्रको सुरक्षा आवश्यकतालाई पूरा गर्न यही क्षेत्रको परिवार नै पर्याप्त छ । हामीले अस्ट्रेलियाको राष्ट्रिय चासोलाई समेत ध्यान दिएर लगातार भन्दै आएको फनि यही नै हो,’ दुई देशद्वारा जारी संयुक्त वत्तव्यमा उल्लेख छ ।

अस्ट्रेलियाको विपक्षी दल लेबरले दुई देशबीचको सम्झौता ‘अस्ट्रेलियाको विदेश नीतिको आठ दशकयताकै खराब असफलता’ भएको बताएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले कूटनीतिक रूपमा सरकारको असफलता अस्वीकार गर्दै प्रशान्त क्षेत्रका टापु देशा नेताहरूलाई के गर्ने वा नगर्ने विषयमा आफूले केही नभनेको बताएका छन् । बीबीसीका अनुसार मरिसनले चीनसँग अस्ट्रेलियाको ‘विनम्र सम्बन्ध’ नहुने बताए । ‘हामी सधैं चीनको विपक्षमा उभिएका छौं किनकि त्यो देशको हितमा छ,’ उनले बुधबार पत्रकारहरूसँग भनेका छन् ।

त्यस्तै, न्युजिल्यान्डका विदेशमन्त्री ननैया महुताले चीन र सोलोमन आइल्यान्ड्सको सम्झौताले आफ्नो देश दुःखी बनेको बताएका छन् । सोलोमनले गत महिना चीनसँग सुरक्षा सम्झौताको मस्यौदा गरिएको जनाएपछि अस्ट्रेलियाले चासो जनाएको थियो । पछिल्ला वर्षहरूमा अस्ट्रेलिया र चीनबीच तनाव बढ्दो छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का अधिकारी कुर्ट क्याम्पबेल उच्चस्तरीय वार्ताका लागि सोलोमनको भ्रमणमा आउनुभन्दा दुई दिनअघि चीनसँगको सम्झौताका विषयमा समाचार बाहिरिएको हो ।

प्रकाशित : वैशाख ८, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?