२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

चीनमा कोरोना संक्रमण पुन: फैलिँदै : सांघाईमा ३ जनाको मृत्यु

काठमाडौँ — चीनको सांघाईमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । पछिल्लो लकडाउन सुरु भएयता सांघाईमा कोरोनाबाट पहिलो पटक मृत्यु भएको घटना सार्वजनिक भएको हो । संक्रमण फैलिन थालेपछि मार्च अन्तिममा सांघाईमा लकडाउन गरिएको थियो ।

चीनमा कोरोना संक्रमण पुन: फैलिँदै : सांघाईमा ३ जनाको मृत्यु

मार्च १ देखि सांघाईमा पुन: कोरोना संक्रमण फैलिन थालेको हो । साउथ चाइना मर्निङ पोस्टका अनुसार त्यसयता सहरमा संक्रमितको संख्या ३ लाख ५० हजार नाघेको छ । सांघाई स्वास्थ्य आयोगले सोमबार कोरोनाबाट ३ जनाको मृत्यु भएको जानकारी दिएको हो । आयोगका अनुसार मृत्यु हुनेहरूमा ८९ देखि ९१ वर्षका रहेका छन् ।

त्यस्तै उनीहरूले कोरोनाविरुद्धको खोप नलगाएको पनि आयोगले बताएको छ । सांघाईका अधिकारीहरूका अनुसार सहरमा ६० वर्षमाथिका करिब ३८ प्रतिशत नागरिकले खोपको पूर्ण मात्रा लगाएका छन् ।

चीनको प्रमुख आर्थिक सहर सांघाईमा पछिल्लो पटक दैनिक औसत २५ हजारका दरले संक्रमण पुष्टि भएको छ । आइतबार मात्र सांघाईमा २२ हजार २ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय चीनले 'जिरो कोभिड पोलिसी' को नीति अपनाएको छ ।

चीनले कतै संक्रमण देखिए पूरा सहरकै नागरिकको कोरोना परीक्षण गर्ने, यात्रामाथि प्रतिबन्ध लगाउने र लकडाउन लागू गर्ने गरेको छ । करिब २ करोड ५० लाख जनसंख्या रहेको सांघाईमा लकडाउन सुरु भएको ३ हप्ता पुग्न लागेको छ । लामो समय लकडाउन हुँदा स्थानीय बासिन्दा आक्रोशित भएका समाचार सार्वजनिक भएका छन् भने स्टकमा राखिएका खाद्यान्न सकिन थालेको बताइएको छ ।

यसअघि मार्च १९ मा चीनको जिलिन प्रान्तमा कोरोनाबाट २ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : वैशाख ५, २०७९ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?