कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युक्रेनले मरिउपोलमा आत्मसमर्पण नगर्ने

एजेन्सी

किभ/मस्को — युक्रेनी सेनाले मरिउपोलमा रुसी फौजसमक्ष आत्मसमर्पण गर्न अस्वीकार गरेको छ ।

युक्रेनले मरिउपोलमा आत्मसमर्पण नगर्ने

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ‘युक्रेनी फौजले डोन्बास क्षेत्रमा युद्ध गरिरहेको र आत्मसर्मपण गर्ने कुनै अभिप्राय नरहेको’ बताएका हुन् । ‘युक्रेन र यसका जनता प्रस्ट छन् । हामी अरू कसैको कुनै भूभागमाथि दाबी गर्दैनौं तर हाम्रो भूभाग पनि छाड्दैनौं,’ सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले भने ।

त्यसैगरी, युक्रेनी प्रधानमन्त्री डेनिस स्मिहलले ‘बन्दरगाह सहर मरिउपोल पराजित नभएको’ बताएका छन् । ‘आत्मसमर्पणका लागि रुसले दिएको अल्टिमेटम सकिएको छ । तर रुसी आक्रमणबाट सहरलाई रक्षा गर्न खटिएका युक्रेनी सेनाले यहाँ अन्त्यसम्म लड्नेछन्,’ उनले भने । युक्रेनी सांसद ओलेक्सी गोन्चरेन्कोले युक्रेनी सेनाले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित : वैशाख ५, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?