कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लकडाउनमा पार्टी गरेका बेलायती प्रधामन्त्रीलाई प्रहरीले जरिवाना गर्ने

काठमाडौँ — बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र चान्सलर ऋषि सुनकलाई कोभिड लकडाउनको समयमा पार्टी गरेको आरोपमा त्यहाँको महानगरीय प्रहरीले कारवाही स्वरुप जरिवाना तिराउने भएको छ ।

लकडाउनमा पार्टी गरेका बेलायती प्रधामन्त्रीलाई प्रहरीले जरिवाना गर्ने

बीबीसीका अनुसार प्रधानमन्त्री र चान्सलर दुवैले महानगरीय प्रहरीबाट जरिवाना तिराइने भनेर पत्र प्राप्त गरिसकेका छन् । तर उनीहरुलाई कुन कार्यक्रममा सहभागी भएकाले जरिवाना गरिएको हो भनेर स्पष्ट पारिएको छैन ।

प्रहरीले कोभिड लकडाउनका समयमा ह्वाइटहल र डाउनिङ स्ट्रिटमा आयोजना गरिएका विभिन्न १२ वटा कार्यक्रममा लकडाउनका नियमहरु उल्लंघन गरेको आरोपमा छानबिन गरिरहेको छ ।

हालसम्म कुल ५० भन्दा बढीलाई कोभिड लकडाउनका नियम उल्लंघन गरेको आरोपमा जरिवाना तिर्नुपर्ने पत्र पठाइएको छ । प्रहरीले क-कसलाई जरिवानाको पत्र पठाइको छ भनेर सार्वजनिक नगरिने स्पष्ट पारेको छ।

प्रकाशित : चैत्र २९, २०७८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×