युरोपमा कोरोनाको अझै कडा प्रहार- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युरोपमा कोरोनाको अझै कडा प्रहार

कान्तिपुर संवाददाता

पेरिस — युरोपेली संघको लगभग तीन चौथाई जनसंख्याले कोभिड विरुद्ध पूर्ण रूपमा खोप लगाए पनि कोरोनाले समग्र युरोपमै कडा प्रहार गरिरहेको छ ।

ओमिक्रोन लहर घट्दै गएपछि देशहरूले प्रतिबन्धहरू हटाएका त थिए तर त्यो क्रम फेरि बढ्न थालेको छ । फ्रान्समै सोमबार एक लाख तीस हजार कोरोनाका संक्रमित भएको फ्रान्सको स्वास्थ्य सेवा विभागले जनाएको छ । जवकि गत हप्ता अघिल्लो हप्ताको ६० हजारबाट बढेर ७२ हजार पुगेको थियो ।

तर रुस र युक्रेनबीचको युद्धपछि कोरोना संक्रमित र मृतकहरुको संख्या पनि बढिरहेको छ । आवर वर्ल्ड इनको तथ्यांक अनुसार मार्च २१ देखि २७ सम्म युरोपेली क्षेत्रमा ६,९०० भन्दा बढी मानिसहरूले कोभिड-१९ बाट ज्यान गुमाए । अघिल्लो हप्ता विश्वभर ३३ हजार मानिसहरूको मृत्यु भएको थियो । तीमध्ये विश्व स्वास्थ्य संगठनका अनुसार ४० प्रतिशत अर्थात् १३ हजार ४७ जना युरोपेली र युरोपेली आर्थिक क्षेत्र (ईयू र ईईए) क्षेत्रका थिए । बाँकी मध्य एशियासम्मका ५३ देशहरूका थिए ।

विज्ञहरूका अनुसार युरोप हाल महामारीको केन्द्रबिन्दु बनेको छ । विश्वभरका अल्पसंख्यक राष्ट्रहरूमध्ये अधिकांश ईयू देशहरूले युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (ईसीडीसी) को १४-दिनको घटना दर हेर्दा खतरा देखिन्छ । जसको मतलब त्यहाँ कम्तीमा प्रति एक लाखमा ९६० मानिस संक्रमित भइरहेका छन् ।

यसले संकेत गर्दछ कि युरोपेली स्वास्थ्य सेवा प्रणालीहरू महत्त्वपूर्ण तनावमै छन् । उच्च खोपदरको बावजुद युरोपेलीहरू अझै पनि भविष्यका भेरियन्टहरूको लागि कमजोर रहेको र ती अझ बढी विषालु र अझ बढी खोप-प्रतिरोधी हुन सक्ने स्वास्थ्य विशेषज्ञहरुले औंल्याएका छन् ।

'यी पहिलो पुस्ताका खोपहरूमा प्रतिरोधात्मक क्षमता समयको हिसाबले धेरै प्रभावकारी छैन । हामीले विगत साढे दुई महिनामा यो देख्यौं । पहिले नै ओमिक्रोन भेरियन्टका बेलाको हामीले ५० प्रतिशत प्रभावकारिता घटाइसकेका छौं' स्वास्थ्य अनुसन्धान केन्द्र आईआरआईएसकी अनुसन्धानदाता आन सेनेक्वियर भन्छिन् 'यो राम्रो छ । तर यो दीर्घकालीन रूपमा दिगो छैन भन्ने देखिसकेका छौं । तिनलाई परिस्कृत गरेर अझै दोस्रो पुस्ताको खोपहरू उत्पादन गर्न आवश्यक छ ।'

उनका अनुसार निकट भविष्यमै कुनै बिन्दुमा पुगेर युरोपेलीहरूले फेरि अर्को खोपको डोज लिनुपर्ने छ । ईयू र ईईएका ३१ देशहरूमा १० लाख भन्दा बढी र विश्वव्यापी मृत्युको संख्या अहिले ६१ लाख भन्दा बढी छ ।

'धेरै उच्च आय भएका देशहरूमा धेरै प्रतिबन्धहरू हटाइए पनि यो महामारी समाप्त भएको छैन भन्ने बुझाउनु जरुरी छ' लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड सोशल साइन्सेस (एलएसई) का स्वास्थ्य नीति सल्लाहकार रेबेका फोरम्यानले भनेका छन् ।

कोभिड पासहरूको प्रयोग जस्तो- नेगेटिभ परीक्षण गरेको, खोपको पूर्ण मात्रा लगाएको वा रोगबाट निको भएको प्रमाणित गर्ने नियम धेरै देशले हटाएका छन् । नि:शुल्क परीक्षण र संदिग्ध केसहरू वा हल्का लक्षण भएका व्यक्तिहरूका लागि अनिवार्य आइसोलेसन धेरै देशहरूमा छाडिएको छ । किनकि सार्वजनिक यातायात वा चिकित्सा सुविधाहरूमा केही सावधानी अपनाएर मास्क आवश्यक बनाइएको छ । कोभिड पासहरूको प्रयोग जस्तो- नेगेटिभ परीक्षण गरेको, खोपको पूर्ण मात्रा लागएको वा रोगबाट निको भएको प्रमाणित गर्ने नियम धेरै देशले घटाएका छन् । ईयू र ईईएको जनसंख्याको ७२ प्रतिशत भन्दा बढीले खोपको दुई डोज प्राप्त गरेका छन् । आधा भन्दा बढीले पनि बुस्टर सट पाएका छन् ।

खोप दर पर्याप्त नहुन सक्छ

फोरमनको भनाइमा अनिवार्य परीक्षण र आइसोलेसन हटाउनुको अर्थ सरकारहरूले आफैंलाई यस रोगले फेरि अन्धो बनाइरहने जोखिममा पार्दैछन् । र आर्थिक रूपले स्वतन्त्र रूपमा परीक्षण गर्न नसक्ने व्यक्तिहरूसँग असमानता बढाउने जोखिम र रोगबाट धेरै प्रभावित भएर आइसोलेन हुने सम्भावना धेरै हुनसक्छ । अझ उच्च खोप दर पर्याप्तरुपले उच्च नहुन सक्छ ।

पोर्चुगलको लिस्बोवा विश्वविद्यालयस्थित नेशनल स्कुल अफ पब्लिक हेल्थका अन्वेषक भास्को रिकोका पेक्सोटोले भने 'ओमिक्रोनको बी ए २ स्ट्रेन द्रुत रूपमा देखा परेको थियो । भाइरसले सामूहिक खोपबाट अघिल्लो प्रतिरक्षालाई कम गर्नको लागि द्रुत रूपमा उत्परिवर्तन (भेरियन्ट) गरिरहेको छ । बुस्टर लगाएका र पहिले संक्रमित मध्ये ठूलो जनसंख्यामा त्यो पुन: संक्रमित भएको छ ।'

उनका अनुसार जुन अन्य सामान्य श्वासप्रश्वास भाइरस ढाँचाहरू जस्तो होइन । कोभिड पहिलेको प्रतिरोधात्मक क्षमता भए पनि मानिसहरूलाई कति संक्रमणजन्य छ भनेर थाह पाउने, नापिने गणितीय विधि (आरओएभोब ८) हेर्दा सबैभन्दा संक्रामक रोगहरूमध्ये एक बनिरहेको छ ।

युरोपेली आयोगका अनुसार ईयूले युरोपमा उत्पादित खोपको आधा भन्दा बढी डोज (२ अर्ब भन्दा बढी) विश्वका १६६ देशहरूमा निर्यात गरेको छ। 'हामी अफ्रिकालाई समर्थन गर्न हाम्रो प्रयासलाई अगाडि बढाउनेछौं जहाँ विश्वका अन्य भागहरू भन्दा खोप कम छ । हाम्रो लक्ष्य भनेको विश्वको ७० प्रतिशत जनसंख्यालाई वर्षको मध्यसम्ममा खोप लगाइने सुनिश्चित गर्ने हो' युरोपेली आयोगले भनेको छ । यस महामारी विरुद्धको लडाइँ जित्नका लागि जताततै खोप अभियानलाई तीव्रता दिनु महत्त्वपूर्ण हुने विज्ञहरूको सुझाव छ ।

प्रकाशित : चैत्र १६, २०७८ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्

कुलदेवताको मन्दिर उद्घाटन गर्न राष्ट्रपति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पूरातत्व विभाग र नगरपालिकाको ७५ लाख ७७ हजारको लगानीमा मन्दिर पुनर्निर्माण गरिएको हो ।
नमोबुद्ध नगरपालिका थियो आयोजक
नगेन्द्र अधिकारी

काभ्रे — मैनाली थरका सम्प्रदायले कुलपूजा (देवाली) गर्ने मन्दिर उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी काभ्रेको नमोबुद्ध–५, कानपुर आएकी छन् । २०७२ सालको भूकम्पमा क्षति भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पूरातत्व विभाग र नगरपालिकाको ७५ लाख ७७ हजारको लगानीमा पुनर्निर्माण गरिएको मन्दिर उद्घाटनको आयोजक नमोबुद्ध नगरपालिका थियो ।

वि. सं १८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो । सरकारी उच्च ओहोदामा पुगेका यहाँका मैनालीले आफ्नो कुलदेवताको मन्दिर राष्ट्रप्रमुखबाट उद्घाटन गराउँदै आएका छन् ।

यसअघि २०६९ वैशाख १ गते पूर्वराष्ट्रपति रामवरण यादवले कानपुरमै रहेको मैनालीले देवाली गर्दैआएको कालीदेविकै अर्को मन्दिर उद्घाटन गरेका थिए ।

यसपटक स्थानीय समेत रहेका सहरी विकास तथा भवन विभागका महानिर्देशक पदम मैनाली लगायतको जोडबलमा भण्डारी कानपुर पुगेकी हुन् । मन्दिरको लागि बजेट व्यवस्थापन गर्न मैनालीले नै भूमिका खेलेका थिए।

मन्दिर उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सम्पदाहरु अझ बलियो र स्थायी रुपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरहरुको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास बलियो भएको बताइन् ।

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त कालीदेवि मन्दिरको पुनर्निर्माणको लागि नगरपालिकाले देखाएको अग्रसरता प्रशंसनीय रहेको राष्ट्रपति भण्डारीले बताइन् । नगरप्रमुख टंकप्रसाद शर्माले नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अघि बढाइएको जानकारी दिए । कार्यक्रममा नगरपालिकाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिक अभिनन्दनसमेत गरेको थियो ।

प्रकाशित : चैत्र १६, २०७८ १७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×