कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यमनमा चर्किंदै खाद्यान्न अभाव

एजेन्सी

साना — संयुक्त राष्ट्रसंघले युद्धग्रस्त यमनमा यसवर्ष खाद्यान्न अभाव थप चर्किएको जनाएको छ । राष्ट्रसंघका अनुसार खाद्यान्नको अभाव खेपिरहेका नागरिकको संख्या यस वर्ष पाँच गुणाले बढेको हो ।

यमनमा चर्किंदै खाद्यान्न अभाव

राष्ट्रसंघीय निकायहरू खाद्य तथा कृषि संगठन (एफएओ), संयुक्त राष्टसंघीय बाल कोष (युनिसेफ) र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले संयुक्त विज्ञप्ति जारी गरी यमनमा यस बर्ष चरम खाद्यान्न अभावमा रहेका व्यक्तिहरूको संख्या १ लाख ६१ हजारभन्दा बढी हुने जनाएका छन् ।

खाद्यान्न संकटको तीव्र वृद्धि ‘अत्यन्तै चिन्ताजनक’ भन्दै यमनका लागि सहायता जुटाउन संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको उच्चस्तरीय सम्मेलनभन्दा दुई दिनअघि यो चेतावनी आएको हो । ‘हामी यमनमा विपत्तिको गन्तीमा छौं भन्ने पुष्टि गर्छ र यसबाट बच्न हामी करिब अन्तिम समयको पर्खाइमा छौं,’ डब्ल्युएफपी प्रमुख डेभिड बिस्लीले भने ।

यमन लगभग पूरै खाद्य आयातमा निर्भर छ र लगभग एक तिहाइ गहुँ आपूर्ति युक्रेनबाट आउन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ । युक्रेनमा रुसी आक्रमणपछि ‘यमनको आयातमा गम्भीर असर गर्ने र यसले खाद्यान्नको मूल्य अझ बढ्ने’ बिस्लीको भनाइ छ ।

प्रकाशित : चैत्र १, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?