रुस-युक्रेन तनाव : १३ सय युक्रेनी सैनिकको मृत्यु

काठमाडौँ — युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालसम्म युक्रेनका १३ सय सैनिकको मृत्यु भएको बताएका छन् । युक्रेनको राजधानी किभमा एक पत्रकार सम्मेलनमा उनले रुसले गरेको हमलामा रुसतर्फका पनि सयौं सैनिकको मृत्यु भएको बताउँदै शुक्रबार मात्रै ५-६ सय रुसी सैनिकले आत्मसमर्पण गरेको दाबी गरे ।

रुसी सैनिकलाई युक्रेनमा हमला गर्नुको उचित कारणसम्म थाहा नभएको भन्दै राष्ट्रपति जेलेन्स्कीले त्यस्ता सैनिकहरूले आत्मसमर्पण गरेको बताएका हुन् ।
केहि दिनअघिदेखि रुसले युक्रेनका विभिन्न स्थानमा हमला गरिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको आइतबार १३ दिन पुगिसकेको छ ।
प्रकाशित : फाल्गुन २९, २०७८ १३:३२