कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा आँधीले ६ को मृत्यु

एएफपी

म्याडिसन — अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण ६ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये २ बालबालिका रहेका अधिकारीहरूले बताएका छन् । काउन्टीको आपतकालीन व्यवस्थापन निर्देशकले एक पत्रकार सम्मेलन गर्दै आँधीका कारण कम्तीमा ४ जना घाइते भएका जनाएका छन् । उनका अनुसार दर्जनौं भवनहरूमा क्षति पुगेको छ ।

अमेरिकामा आँधीले ६ को मृत्यु

‘केन्द्रीय आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको छ । तूफानहरू पूर्वतिर सर्दै छन्,’ राष्ट्रिय मौसम सेवा डेस मोइन्सले शनिबार ट्वीट गर्दै जानकारी दिएको छ । आइतबारको क्षतिको विवरणबारे तथ्यांक संकलन भइरहेको अधिकारीहरूको भनाइ छ । ‘आधी समुदायको लागि धेरै विनाशकारी देखिएको छ,’ स्थानीय अधिकारीले भने ।

आयोवाका गभर्नर किम रेनोल्ड्सले म्याडिसन काउन्टीमा प्रकोप घोषणा गरेका छन् । यसले राज्य स्रोतहरूलाई अवस्था सुधार्नको लागि सहयोग र प्रयोगको अनुमति दिन्छ । ‘हाम्रो ह्दय आज राज्यमा आएको घातक आँधीबाट प्रभावित सबैप्रति भावुक भएको छ,’ रेनोल्ड्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले उद्धार कार्य रातभर जारी रहने बताए । गत डिसेम्बरमा आएको दर्जनौं आँधीका कारण अमेरिकाका पाच राज्य निकै प्रभावित भएको थिए । आँधीले केन्टकी, टेनेसी, अर्कान्सास, मिसौरी र इलिनोइसमा ७७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : फाल्गुन २३, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?