कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युक्रेनबाट १८३ भारतीय विद्यार्थीको उद्धार, २ हजार बढी आइतबार फर्किँदै

एजेन्सी

नयाँदिल्ली — युद्धग्रस्त युक्रेनबाट आइतबार १८३ जना भारतीय विद्यार्थी फर्किएका छन् । संघीय मन्त्री भुपेन्द्र यादवका अनुसार उनीहरूलाई युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी आइतबार नयाँदिल्ली ल्याइएको हो ।

युक्रेनबाट १८३ भारतीय विद्यार्थीको उद्धार, २ हजार बढी आइतबार फर्किँदै

साथै अरु २ हजार २ सय जनालाई युक्रेनबाट भारत ल्याउने प्रक्रिया सुरु भएको उनले बताए । ती सबैलाई आइतबार नै ल्याइने बताइएको छ । साथै भारत सरकारले द्वन्द्वग्रस्त क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन कुनै कसर बाँकी नराखेको मन्त्री यादवले बताए ।

युक्रेनको किभसहित विभिन्न क्षेत्रमा ठूलो संख्यामा भारतीय नागरिकहरू रहेका थिए । उनीहरूले युक्रेनमा रुसी आक्रमण सुरु भएसँगै आफ्नो उद्धारका लागि अपिल गर्दै आएका छन्।

किभस्थित भारतीय दूतावासले भने शनिबार युक्रेनको पिसोचिन सहरबाट सबै भारतीय नागरिकको उद्धार गरिएको दाबी गरेको छ । भारत सरकारका अनुसार युक्रेनमा रुसी आक्रमण सुरु भएयता त्यहाँबाट १३ हजार ३ सयजति भारतीय नागरिक स्वदेश फिर्ता भइसकेका छन् । साथै पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ९ सय भारतीय नागरिकसहित १५ वटा उडान अवतरण भएका छन् ।

रुसी सीमा नजिकै पर्ने युक्रेनको सुमी सहरमा सयौं भारतीय विद्यार्थीहरू केही दिनदेखि नै थुनिएको खबरसँगै भारत सरकारले उद्धार कार्य तीव्र पारेको जनाएको छ ।

साथै युक्रेनको सुमी सहर र खार्किभ सहरमा अहिले पनि सयौं भारतीय नागरिक थुनिएर रहेको बताइन्छ । युक्रेनमाथि एक साता लामो युद्ध रोक्दै युद्धविराम घोषणा गरेको रुसले आफ्नो घोषणा पालना नगरेको भन्दै आलोचित बनेको छ ।

प्रकाशित : फाल्गुन २२, २०७८ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×