२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पारा ओलम्पिकमा रुस र बेलारुसमाथि प्रतिबन्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनको राजधानी बेइजिङमा हुन लागेको विन्टर पारा ओलम्पिक-२०२२ मा रुस र बेलारुसमाथि प्रतिबन्ध लगाइको छ । बिहीबार अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी (आईपीसी)ले विज्ञप्ति जारी गरी पारा ओलम्पिकमा सहभागी खेलाडीहरूको सुरक्षालाई दृष्टिगत गर्दै रुस र बेलारुसलाई खेलमा प्रतिबन्ध गरिएको जनाएको हो ।

पारा ओलम्पिकमा रुस र बेलारुसमाथि प्रतिबन्ध

आईपीसी प्रमुख एन्ड्रू पार्सन्सले भने‚ ‘खेलकुद र राजनीति भिन्न क्षेत्र भएकाले दुवैलाई एउटै नजरबाट हेरिनु हुँदैन भन्नेमा हामी सचेत छौं ।’ रुस र युक्रेनबीच बढ्दै गएको तनाबका कारण खेलकुद क्षेत्रमा समेत असर परेको बताउँदै उनले रुस र बेलारुसमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएका हुन् ।

पछिल्ला केहि दिनयता रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर विभिन्न संघसंस्था र देशहरूले रुसका अधिकारी र विभिन्न संघ/संस्थामाथि प्रतिबन्ध लगाएका छन् ।

पारा ओलम्पिकको उद्घाटन शुक्रबारबाट हुँदैछ । खेल भने शनिबारबाट सुरु हुने बीबीसीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १९, २०७८ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?