रुसको आक्रमणपछि १० लाखले छाडे युक्रेन- विश्व - कान्तिपुर समाचार

रुसको आक्रमणपछि १० लाखले छाडे युक्रेन

एजेन्सी

जेनेभा [स्विजरल्यान्ड] — युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएयता करिब १० लाख शरणार्थीले युक्रेन छाडेका छन् । दुई देशबीच तनाब सुरु भएको सात दिनभित्र करिब १० लाख शरणार्थीले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चआयोग (यूएनएचसीआर)ले बिहीबार जनाएको छ ।

आफ्नो ट्विटर ह्यान्डलमा यूएनएचसीआर उच्चआयुक्त फिलिपो ग्रान्डीले लेखेका छन्‚ ‘केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएसँगै युक्रेन छाड्नेहरूको संख्यामा वृद्धि आएको हो ।

प्रकाशित : फाल्गुन १९, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्

१९ अर्ब ६५ करोड राजस्व संकलन

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित २ ठूला भन्सार कार्यालयले माघमा लक्ष्यअनुसार राजस्व संकलन गरेका छन् । मंसिर र पुसमा राजस्व संकलन लक्ष्य भेट्टाउन नसकेका वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार माघमा मासिक लक्ष्यको नजिक पुगेका हुन् । दुवै भन्सारको गरी माघमा १९ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

वीरगन्ज भन्सार कार्यालयले माघमा १६ अर्ब ४९ करोड ४८ लाख असुलीको लक्ष्य पाएकोमा १५ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेका छन्, जुन मासिक लक्ष्यको ९६ प्रतिशत हो । यो भन्सारले माघसम्ममा १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख संकलनको लक्ष्य पाएकोमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ उठाएको छ, जुन लक्ष्य भन्दा ४ दशमलव ३ प्रतिशत बढी हो । सिर्सिया सुक्खा बन्दरगाह भन्सारले माघमा ४ अर्ब १६ करोड ९६ लाख संकलनको लक्ष्य पाएकोमा ३ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ उठाएको छ । यो लक्ष्यको ९२ दशमलव ०९ प्रतिशत हो । यो भन्सारले चालु आर्थिक वर्षको माघसम्ममा २९ अर्ब ३६ करोड ६२ लाख उठाउने लक्ष्य पाएकोमा २९ अर्ब २६ करोड ५२ लाख संकलन गरेको छ, जुन लक्ष्यको ९९ दशमलव ९६ प्रतिशत हो ।

सुक्खा बन्दरगाहका सूचना अधिकृत सन्तोष न्यौपानेले मंसिर र पुसको तुलनामा माघमा राजस्व बढ्दा चालु आवको लक्ष्य भेट्टाउन पनि सहज भएको बताए । जनवरी र फेब्रुअरीमा चीनमा नयाँ वर्षको एक महिने वीदा पर्ने गरेकाले त्यसको असर नेपालको आयातमा देखिने गरेको उनको भनाइ छ । हाल कोलकाता र विशाखापटनम बन्दरगाहमा मौज्दात रहेका मालबस्तु आयात भएको उनले बताए । चीनबाहेक अन्य तेश्रो मुलुकबाट आयातित मालबस्तु पनि भित्रिएकाले माघमा तुलनात्मक रूपमा बढी राजस्व संकलन भएको न्यौपानेले जानकारी दिए ।

वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल दशैं तिहार जस्ता पर्वपछि बर्षेनी मंसिर र पुसमा आयात घट्ने र त्यसको असर राजस्व असुलीमा पर्ने गरेको बताउँछन् । माघ लागेपछि राजस्व असुली बिस्तारै उकालो लाग्दै आफ्नो पुरानो लयमा फर्किने गरेको उनले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७८ १२:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×