कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मेक्सिकोमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, १५ घाइते

एजेन्सी

मेक्सिको सिटी — मेक्सिकोको क्विन्टाना राज्यमा आइतबार बस पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । अरु १५ जना घाइते भएका छन् ।

मेक्सिकोमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, १५ घाइते

स्थानीय अधिकारीहरूका अनुसार क्विन्टाना अभियोजकको कार्यालयले जनाएअनुसार दुर्घटना एल टिन्टल सहर नजिकैको लाजारो कार्डेनास नगरपालिकाको कन्टुनिलकिन-कानकुन राजमार्गमा भएको थियो ।

मृतकमध्ये पाँच पुरुष र तीन महिला थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार अटोबस डे ओरिएन्ट कम्पनीको उक्त बस निर्माण सामग्री बोकेको ट्रकसँग ठोक्किएको थियो।

मृतकमध्ये अधिकांश विदेशी पर्यटक भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

४५ यात्रु बोकेको बस ट्रकसँग ठोक्किन पुग्दा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरूको नजिकैका अस्पतालमा उपचार गरिएको बताइएको छ ।

प्रकाशित : माघ २४, २०७८ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×