कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पाकिस्तानमा पब्जी प्रतिबन्धित हुँदै

एजेन्सी

इस्लामावाद — पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पब्जीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउन प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने भएको छ । 

पाकिस्तानमा पब्जी प्रतिबन्धित हुँदै

पञ्जाब प्रहरीका प्रवक्ताका अनुसार युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति सिकाउने खेलहरूमाथि प्रतिबन्ध लगाउन सिफारिस गरिने भएको हो । प्रहरीले देशमा भएको एक दुखद घटनालाई ध्यानमा राखेर उक्त निर्णय लिएको बताएको छ ।

हालै भएको एक घटनामा यूवाले आफ्नी आमा र तीन भाइबहिनीको हत्या गरेको प्रहरीले जनाएको छ । ‘अली जेनले सन् २०२२ को जनवरी १९ मा आमा, दुई बहिनी र एक भाइको गोली हानी हत्या गरी पेस्तोल लुकाएका प्रारम्भिक छानबिनले देखाएको छ,’ प्रहरी प्रवक्ताले भनेका छन् ।

पब्जी खेलमा बारम्बार पराजित भएपछि तनावमा परेका उनले खेलमा जस्तै सबै जना फेरि बाँच्न सक्ने सोचेर गोली प्रहार गरेको बताएका प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : माघ १६, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×